Aamsanchar

उच्च नेतृत्व तथा व्यवस्थापन तालीम शुरु

Author Image
आइतवार, चैत ४, २०७४

काठमाडौँ, 

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन हुने पाँचौँ शृङ्खलाको उच्च नेतृत्व तथा व्यवस्थापन तालीम आजदेखि शुरु भएको छ ।

बलाधिकृत रथी पूर्णचन्द्र थापाले नारायणहिटीस्थित उपत्यका पृतनामा शुभारम्भ गर्नुभएको उक्त तालीममा २९ महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भू–राजनीति तथा अन्य तत्वले पार्न सक्ने स्ुरक्षा चुनौतीको महत्वपूर्ण विश्लेषण, मूल्यांकन क्षमता र पेशागत चुस्तता, उच्च सैनिक संस्कार र मान्यताको विकासको निमित्त तालिम फलदायी हुने सो अवसरमा बलाधिकृत थापाले विश्वास व्यक्त गर्नुभयो ।

उक्त तालिमबाट बहुराष्ट्रिय वातावरणमा कमाण्ड एवं स्टाफ नियुक्तिमा काम गर्न सक्ने अधिकृत तयार गर्न र जटिल वातावरणमा पनि परिचालित भई प्रभावकारी निर्णय लिन सक्ने जनशक्ति तयार हुने सेनाले विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)