Aamsanchar

चिल्लागढको अस्तित्व मेटिने खतरामा

Author Image
सोमवार, चैत ५, २०७४

पूर्व पस्चिम लोकमार्ग शिवसताक्षी नगरपालिकामा अवस्थित धार्मिक पर्यटन क्षेत्र चिल्लागढ पोखरी ।

द्वापर युगमा भगवान रामको १४ बर्षे बसवास समय समाप्त भएपछी यस क्षेत्रमा ऋषिमुनीहरुलाई बोलाएर विशाल हवन यज्ञ गरिएको स्थान हो भन्ने गरिन्छ । पछि क्रमस पानि भरिएर पोखरीको रुप लिएपछी विराट राजाको गाई वस्तु चरनको क्रममा आउदा पानी खुवाउने पोखरी नै चिल्लागढ पोखरी हो भन्ने भनाई पनि रहेको छ। धार्मिक तथा पर्यटकिय दृष्टीले पूर्वमा परिचित चिल्लागढ पोखरी अहिले अस्तित्व विहिन अवस्थामा पुगेको छ ।

चिल्लागढ क्षेत्रको उचित व्यव्सथापनमा स्थानिय र सरोकार पक्षले ध्यान नदिदा चिल्लागढ क्षेत्र कुरुप बन्दै गएको हो । पोखरीको पानी सुक्दैजानु, मन्दिरहरु जिर्ण बन्नु,। चारैतिर झार जंगलले घेरेर डरमर्दो ठाउँहुनु जस्ता धेरै कारणले चिल्लागढको अस्तित्व समाप्त हुने संकेत देखिएको छ ।

विगतका बर्षमा झापा र देशमै पौराणिक धर्मिक स्थलले चर्चा पाएको चिल्लागढलाई स्थानिय सरकाले उचित व्यवस्थापन गर्न सक्ने हो भने सर्वसाधारणहरु नयाँ बनावटी पर्यटन स्थलमा भन्दा ऐतिहासिक धार्मिक पर्यटन स्थलमा जान लालाहित हुनेमा दुई मत छैन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर