Aamsanchar

उत्पादन र बजार सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

Author Image
बुधवार, चैत ७, २०७४

(रोसन भट्टराई)
बिर्तामोड ।

नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारीहरुले बिर्तामोडमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका निर्देशक सरद विक्रम राना सहितको टोली संग अलैंचीको उत्पादन र बजार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको छलफल कार्यक्रममा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका निर्देशक सरद विक्रम रानाले व्यवसायीहरुले उठाएका अलैंचीको उत्पादन, बजार र निर्यातका समस्याका बारेमा सामाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अलैंचीको बजार प्रर्वद्धनका लागि इन्टरनेसनल ट्रेड सेन्टरले निमार्ण गरेको अलैंचीको रणनीति बमोजिम उत्पादन तह देखि बजारीकरण सम्म काम गर्नुपर्ने कुरामा जोड दिए । निकट भविष्यमानै व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले अलैंचीको प्रर्वद्धनमा विशेष कार्यक्रम लागु गर्ने जानकारी दिए ।

अन्तराष्ट्रिय मेलामा नेपालको अलैंचीको सहभागिता, अलैंचीको गुणस्तर यसको रोग नियन्त्रण, अलैंचीको विभिन्न परिकारको घरायसी प्रयोजनमा प्रयोगमा जोड दिनुपर्ने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

महासंघकी केन्द्रीय सदस्य पार्वता खरेल विमलीले स्वागत मन्तव्य राखेको छलफल कार्यक्रमको संचालन महासचिव ओमकृष्ण विमलीले गरेका थिए । कार्यक्रममा महासंघका संरक्षक राजेन्द्र कुमार घिमिरे, व्यवसायीहरु इन्द्रचन्द विन्दल, हरि मिश्र, सुपारी खेति विकास संस्थाका अध्यक्ष देवी खतिवडा, झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष बुद्धि घिमिरे लगायतले जिज्ञासा राखेको कुरामा निर्देशक रानाले जिज्ञासामाथि प्रष्ट पारेको महासंघका कार्यकारी अधिृकत अनिल ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)