Aamsanchar

आजबाट एसईई परीक्षा सुरु, झापामा १५ हजारबढी विद्यार्थी सहभागि

Author Image
बुधवार, चैत ७, २०७४

भद्रपुर।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका १५ हजार ८ सय ९ जना विद्यार्थी सामेल हुनेभएका छन् । आज चैत ८ गतेबाट सुरु हुने परीक्षामा यसबर्ष झापामा १ सय १२ सामुदायिक र २ सय १४ संस्थागत विद्यालयबाट १५ हजार ८ सय ९ जना विद्यार्थी एसईई परीक्षामा सामेल हुन लागेको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।

कार्यालयले बुधवार आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै झापाका शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले भने– ‘नियमिततर्फ ७ हजार ७ सय ९४ जना छात्रा र ७ हजार २ सय १ जना छात्र गरी १४ हजार ९ सय ९५ जना तथा एम्जाम्टेडतर्फ ५ सय ४७ छात्रा र २ सय ६७ जना छात्र गरी ८ सय १४ जना सामेल हुर्दैछ ।’

परीक्षमा त्यस्तै ३ जना दृष्टिविहिन, ११ जना सुस्तश्रवण, २ सय ५५ जना प्राविधिकधार र १ सय २३ जना खुला विद्यालयबाट सहभागि हुदैछन् । झापामा ५४ वटा केन्द्र तोकिएको छ । ‘तोकिएको केन्द्रहरुमा सम्पूर्ण तयारी पूरा भई प्रश्नपत्र पठाउने काम सम्पन्न भइसकेको छ, उनले भने । कनकाई मावि सुरुङ्गामा अपाङ्गगता भएका विद्यार्थी, भानु मावि अर्जूनधारा र पृथ्वी मावि दमकमा खुल्लातर्फ विद्यार्थी परीक्षा दिदैछन् ।

परीक्षालाई शान्त र मर्यादित वातावरण सम्पन्न गराउन यसबर्ष १ हजार ९ सय ६८ जनशक्ति परिचालन गरिर्दैछ । त्यसमा ५४ जना केन्द्राध्यक्ष, ७४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ७५ निरीक्षक, ३ सय ५५ सहायक कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १० सुरक्षाकर्मी खटिने शिक्षा कार्यालयका उपसचिव होमनाथ भण्डारीले जानकारी दिए । एसएलसी परीक्षाको नामकरण परिवर्तन गरी २०७३ सालदेखि एसईई भनेर तोकिएको हो ।

२५२ जना विद्यार्थी परीक्षाबाट बञ्चित

यसबर्षको एसईई परीक्षामा नियमिततर्फ १५ हजार २ सय ४७ जनाले परीक्षाको फारम भरेपनि २ सय ५२ जना परीक्षा दिनबाट बञ्चित भएको शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिए । ‘परीक्षाबाट बञ्चित भएका विद्यार्थीले ७५ प्रतिशत हाजिरी नपुगेको र समयमा राजश्व नबुझाएका हुन्, उनले भने ।

५ जना महिलालाई केन्द्रध्यक्षको जिम्मेबारी

झापामा ५४ वटा केन्द्र तोकिएको छ । त्यसमा ५४ जना केन्द्रध्यक्ष खटाइएका छन् । खटाइएका केन्द्रध्यक्ष मध्ये ५ जना महिला शिक्षक रहेको शिक्षा कार्यालय झापाले जनाएको छ ।

महेन्द्र रत्न मावि अनारमनीमा इन्दिरा वस्ती, देवी मावि बिर्तामोडमा अम्बिकादेवी श्रेष्ठ, जनजागृति मावि गोलधापमा इन्दिरा चुडाल, कनकाई मावि सुरुङ्गामा मन्दिरा सुवेदी र जनता मावि गौरदाहमा थानेश्वरी निरौलालाई खटाइएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर