Aamsanchar

अन्तराष्ट्रिय झापाली समाजले पहिलो क्षेत्रिय भेला कतारको दोहामा गर्दै:

Author Image
बिहिवार, चैत ८, २०७४

झापा,

विश्वभर रहेका प्रवासी झापालीहरुको साझा संगठन अन्तराष्ट्रिय झापाली समाजले आफ्नो पहिलो क्षेत्रिय भेला कतारको दोहामा गर्ने भएको छ ।

हाल अष्ट्रेलिया निवासी अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलका अनुसार गत दशैँमा झापाको बिर्तामोडमा भएको प्रथम अन्तराष्ट्रिय अधिबेशनबाट बनेको यो कार्यसमितिले विश्व भर झापाली संगठन रहेका देशहरु अन्तर्गत बिभिन्न क्षेत्रका ५ ठाउँमा क्षेत्रिय भेला आयोजना गर्ने निर्णय गरे बमोजिम पहिलो भेला मध्यपूर्वको कतारमा गर्न लागेको हो ।

समृद्ध झापा निर्माणका लागी अन्तरार्ष्ट्रिय झापाली समाज भन्ने मूल मन्त्रका साथ स्थापना भएको समाजले स्थापनाको छोटो समयमा नै २ दर्जन भन्दा धेरै देशहरुमा आफ्नो संजाल पुर्याई सकेको छ भने त्यतिकै हाराहारीमा गठन हुने तयारीमा रहेको छ ।

पहिलो २ बर्ष भित्रमा विश्वका ४० भन्दा धेरै देशमा आफ्नो संगठन तयार गर्ने उद्धेश्य लिएको समाजले कतारको होटल क्राउनप्लाजामा गर्न लागेको यस पहिलो क्षेत्रिय भेलाले विश्वभर रहेका सम्पूर्ण झापालीहरुमा नयाँ उत्साह र उमङ्ग प्रवाह गर्ने र समाज प्रतिको जिम्मेवारी अझ बहन गर्न उत्प्रेरित गर्ने कुरामा पनि सहयोग गर्ने, साथै यो भेलामा केहि महत्वपूर्ण दीर्घकालीन योजनाहरू बारे पनि घोषणा हुने कुरा अध्यक्ष पोखरेलले बताउनु भएको छ ।

यहिअप्रिल २६, २७, २८ मा कतारको दोहा स्थित होटेल क्राउन प्लाजामा हुने ३ दिने भेलामा भाग लिन विश्वभर रहेका समाजका प्रतिनिधि तथा कतार लगायत मध्यपूर्वका झापालीहरुको उपस्थिति रहने छ भने आयोजक राष्ट्रको रुपमा झापाली समाज कतारले पनि मुख्य भुमिका खेल्ने कतार निवासी अन्तराष्ट्रिय झापाली समाजका प्रवक्ता महेन्द्र चम्लागाईले जानकारी दिनु भएको छ । भेलामा ३०० भन्दा धेरेको सहभागिता हुने आशा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)