Aamsanchar

दूधेमा पोलिक्लिनिक सुभारम्भ

Author Image
शुक्रवार, चैत ९, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


शिवसताक्षी नगरपालिकाको मुटु दूधेमा सुविधा सम्पन्न पोलिक्लिनिकको शुभारम्भ भएको छ ।

दूधे पोलिक्लिनिक प्रा.लि. नाम दिइएको उक्त क्लिनिकमा साधारण अपरेसन (माइनर ओटी) देखि भिडियो एक्सरे, ए.सि.जी. सेवा, २४सै घण्टा इमरजेन्सी सेवा, ल्याब, दैनिक रगत, दिसा, पिसाब जाँच, ओ.पि.डी. सेवा उपलब्ध गराउने क्लिनिकका सञ्चालक रतन थिङ्गलाबोले बताए ।

उनका अनुसार बिरामीहरको स्वास्थ्यलाई मध्यनजर गर्दै यसअघि भएका सेवाहरुभन्दा पोलिक्लिनिकको सेवा प्रभावकारी हुने बताए ।

दैनिक विशेषज्ञ डाक्टरहरुबाट बिरामीहरुको जाँचसंगै यहाँ सम्भव नहुने बिरामीहरुलाई सुरक्षित अस्पतालमा रेफर गर्न क्लिनिक हातामा एम्बुलेन्स सेवाको समेत व्यवस्था मिलाइएको सञ्चालक थिङ्गलाबोले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविर संगै औपचारिक रुपमा उद्घाटनका दिन वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. भरत तिम्सिना, वरिष्ठ नवजात शिशु तथा वालरोग विशेषज्ञ डा. भविष्य श्रेष्ठ, वरिष्ठ छाती, पेट, प्रेसर, सुगर, थाइराइड विशेषज्ञ डा. चन्द्रप्रकाश ओझा लगायतको प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए भने उक्त शिविरबाट २ सय ५० भन्दा बढी बिरामीहरुले सेवा लिएका थिए भने औषधीमा १०% छुटका साथै इ.सि.जी., भिडियो एक्सरे र अन्य टेष्टमा २०% छुट गरिएको बताइएको छ ।

उक्त क्लिनिकमा हाल इमरजेन्सी ४ वटा बेड सहित सेवा सुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 454

प्रतिक्रिया (०)