Aamsanchar

बिर्तामोडकी उषा उप्रेती बनिन मिस झापा कलेज आइकन २०१८

Author Image
शुक्रवार, चैत १६, २०७४

बिर्तामोड, चैत १६। मिस झापा कलेज आइकन २०१८ को उपाधि झापा बिर्तामोडकी उषा उप्रेतीले हात पारेकी छिन् ।

हेल्पिङ हेन्ड्सको आयोजनामा बिर्तामोडमा भएको फाइनल प्रतियोगितामा बिर्तामोडस्थित बाल्मिकी प्रोफिडेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत् उप्रेतीले १३ जना प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।

मिस ब्यूटीफूल स्माइलको उपाधि समेत हात पारेकी उप्रेती मिस झापा कलेज आइकन भएसँगै नगद ३५ हजारसहित पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंले उपलब्ध गराएको शतप्रतिशत छात्रवृत्ति समेत हात पारिन् ।

त्यस्तै फस्ट रनर अफ गोमेन्द्र कलेज बिर्तामोडमा अध्ययनरत् सलिना राजवंशी घोषित भइन् । मिस पर्सनालिटीको उपाधि समेत हात पारेकी राजवंशीले उपाधिसँगै नगद २० हजारसहित पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंले उपलब्ध गराएको ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।

उषा उप्रेती

त्यस्तै, बिर्तामोडस्थित बाल्मिकी प्रोभिडेन्स कलेजमा अध्ययनरत् अनिषा खड्का सेकेण्ड रनर अप घोषित भइन् । मिस फ्रेन्ड्ली र मिस ट्यालेन्टको उपाधि समेत हात पारेकी खड्काले उपाधिसँगै नगद १५ हजार र पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंले उपलब्ध गराएको ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।

प्रतियोगितामा हिमालयन एकाडेमी धुलाबारीमा अध्ययनरत् अनिषा तिम्सिना मिस ब्यूटीफूल लुक्स, मनकामना कलेज बिर्तामोडमा अध्ययनरत् मनिषा राजवंशी मिस पपुलर, वीरेन्द्र क्याम्पस चन्द्रगढीमा अध्ययनरत् अर्चिता गुरुङ मिस ब्यूटीफूल आइज, बाल्मिकी प्रोभिडेन्स कलेजमा अध्ययनरत् तनुसी बर्मन मिस क्याटवाक, मिस ब्युटीफूल डे«स, हिमालयन एकोडेमी धुलाबारीमा अध्ययनरत् प्रज्ञा प्रधान मिस बब्ली, मिस फोटोजेनिक कोहेड कलेज बिर्तामोडमा अध्ययनरत् आयुष दाहाल, मिस ब्यूटी वीथ ब्रेन, देवी मावि बिर्तामोडमा अध्ययनरत् सन्ध्या बस्नेत, मिस ब्यूटीफूल स्किन सरिता मेचे, मिस भ्यूवर च्वाइज, बेष्ट फिगर उर्मिला कार्की, मिस ब्यूटीफूल हेयर इन्द्रेणी कलेजमा अध्ययनरत् विनिता अधिकारी, मिस अविडियन्ट कवि शिरोमणि माविमा अध्ययनरत् झरना दाहाल मिस एक्ट्राअर्डिनरी घोषित भए ।

सलिना राजवंशी

प्रतियोगिताको निर्णायकहरुमा मिस ग्लोबल उषा श्रेष्ठ, मनषा थाइ फुड्सका निर्देशक गणेश प्याकुरेल, मिस मंगोल बरुणा राई, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, मिस कलेज आइकन सुस्मिता बस्नेत रहेको कार्यक्रम निर्देशक युथ अवारनेस क्याम्पिङका भुवन राउतले जानकारी दिए ।

कार्यक्रम हेल्पिङ हेन्ड्स झापाका अध्यक्ष मिराज पोखरेलको अध्यक्षतामा भएको थियो । 

अनिषा खड्का

 

फोटो : विनोद पाण्डे कमल/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)