Aamsanchar

सिएमए संघले सेतुको काम गर्ने

Author Image
बुधवार, चैत २१, २०७४

बिर्तामोड ।

गामीण क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन नेपाल सिएमए संघले सेतुको काम गरिरहेको संघका अध्यक्ष गणेश वहादुर साउदले बताएका छन् ।

झापाको बिर्तामोडमा चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनका लागि झापा आइपुगेका अध्यक्ष साउदले यस्तो बताएका हुन् । संघले स्वास्थ्य सेवाको पहुँच सहरमा मात्र केन्द्रीकृत नगरी ८० प्रतिशत सेवा ग्रामीण क्षेत्रमा पु¥याएको दावी गरे ।

महाधिवेशनको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साउदले २०६० सालमा स्थापना भएको संघले काठमाडौं बाहिर केन्द्रीय कार्यालय राखेर दैनिक १ लाख २० हजार विरामीलाई सेवा दिइरहेको बताए । उनले भने – विरामी मात्रै नभई हामीसंग आउने र केही उपचार गरेर जाने , केही परामर्श लिएर जानेको संख्या हिसाव गर्दा त्यो भन्दा धेरै हुन्छ ।

संघको तेस्रो महाधिवेशनमा २ सयदेखि २ सय ५० सम्म प्रतिनिधि आउने छन् भने प्रत्येक जिल्लाबाट ४ जनाका दरले उपस्थित हुने पत्रकार सम्मेलनमा बताइएको छ। देशभर १२ हजार ५ संघ संस्था आवद्ध रहेको सिएमए संघको झापामा २ सय ५० वटा क्लिनिक रहेको पत्रकार सम्मेलनमा अध्यक्ष साउदले बताएका छन् ।

जयन्द्र जैशीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो भने यज्ञबहादुर धामीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर