Aamsanchar

अदातलको आदेशपछि स्वास्थ्य केन्द्रमा पुगे चिकित्सक

Author Image
शुक्रवार, चैत २३, २०७४

नेपालगञ्ज,

बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ ।

उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले जानकारी दिनुभयो ।

नरैनापुर गाउँपालिका—२ लक्ष्मणपुरमा २०५० सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि त्यहाँ चिकित्सकहरु नियमित बस्ने गरेका थिएनन् ।

अदालतबाट भएको सो आदेशले गाउँपालिकाका नागरिकलाई ठूलो राहत मिलेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रमा चिकित्सकलाई नियमित बनाई राख्न गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको अस्पतालको काम छिट्टै सक्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर