Aamsanchar

नाजिरको दिलमा आगो सल्काउने साम्राज्ञी

Author Image
शुक्रवार, चैत २३, २०७४

काठमाडौं :

फिल्म ‘तिमीसँग’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म रिलिजको दिन अर्थात् शुक्ररबार निर्माण युनिटले फिल्ममा समावेश ‘दिलमा आगो सल्कियो’ बोलको गीत सार्वजनिक गरेको हो।

क्यार्थम कँडेल र दीपक पाठकको संगीत रहेको यस गीतमा संगीतकार पाठककै स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजिर हुसेन फिचरिङ छन्।

भिडियोमा नाजिरले साम्राज्ञीलाई आफ्नो माया व्यक्त गरिरहेका छन्। आजबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मको ओपनिङ व्यापार सुखद गरेको छ। फिल्मले सिंगल थिएटर हलहरूमा हाउसफुलको व्यापार गरेको वितरक गोपलकाजी कायस्थको भनाइ छ। मल्टिप्लेक्स हलमा पनि फिल्मको व्यापार सन्तोषजनक छ।

शनिबार बिदाको दिन भएकाले फिल्मको व्यापार बढ्ने पक्का छ। ‘तिमीसँग’मा साम्राज्ञी र नाजिरसँगै आकाश श्रेष्ठ, सुनिल विक, शिशिर राणालगायतको मुख्य भूमिका छ। एउटा यात्राको कथामा निर्माण भएको फिल्मलाई शिशिर रानाले निर्देशन गरेका छन्।

शिशिरकै लगानी रहेको यस फिल्मको पटकथा पनि उनैले तयार पारेका हुन्। ‘नमन प्रोडक्सन’को ब्‍यानरमा निर्मित यस फिल्ममा राहुल मुखर्जी, दीपक पाठक र रिदम कँडेलको संगीत छ। सुशील क्षेत्रीले खिचेको फिल्मलाई मनीष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर