Aamsanchar

पाँच दिन पछी देखि डेँगू रोग फैलिने, सावधानी अपनाउन जनस्वास्थ्य झापाको आग्रह

Author Image
मङ्गलवार, चैत २७, २०७४

झापा , चैत २७ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले डेँगू रोगबाट बच्नका लागि सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेको छ ।

बिर्तामोडमा मंगलवार पत्रकार तथा सरोकारवालाबीच रोग निय न्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरिरहेको पहलकदमीका विषयमा जानकारी गराउँदै यस्तो आग्रह गरेको हो ।

डेँगू रोगको लक्षण , नेपालमा डेँगु रोगको अवस्था र डेँगु रोग वाट बच्ने उपायहरुको वारेमा स्वास्थ्य सेवा विभाग ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रेमलाल दासले जानकारी दिएका थिए ।

कार्यक्रममा सन २०१४ देखि झापामा भेटिएको डेँगु रोग लाई महामारीको रुपमा फैलन नदिनका निम्ती बैशाख देखि कात्तिक सम्म लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय भएको महाशाखाका दासले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर