Aamsanchar

मिस एसईई प्रोविन्स वान प्रतियोगिताका लागि पहिलो चरणमा १८ प्रतियोगि छनौट

Author Image
बुधवार, चैत २८, २०७४

एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगि छनौटमा परेका छन् ।

सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिनु भएको छ । एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी बैशाख २ गते बिराटनगर, ३ गते इटहरी, ४ गते धरान, ६ गते इलाममा समेत छनौट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिनु भयो ।

यो पटक प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगिलाई सहभागी गराउने उद्देश्य आयोजकले राखेको छ । छनौट कार्यक्रमको निर्णायकमा आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी, सञ्चारकर्मी सुभला तामाङ, ग्रुमिङ डाइरेक्टर निलम गुरुङ, मिस एसईई २०१७ की फ्रस्ट रनरअप रिया आचार्य र एजुकेशन एण्ड माइग्रेसन कर्नरका बिर्तामोड शाखा व्यवस्थापक अग्नी प्रसाई रहनु भएको थियो ।

प्रतियोगिताको बन्द शत्र आगमी बैशाख दोस्रो साताबाट शुरु हुने छ । मिस एसईई लगत्तै ड्रिम्स वल्र्डकै ब्यानरमा हुन लागेको मिस मेचीको अडिसन समेत बुधबारै गरिएको छ । जसमा ८ जना युवती छनौटमा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)