Aamsanchar

​मिस नेपाल २०१८ को ताज श्रृङ्खलालाई

Author Image
बिहिवार, चैत २९, २०७४

काठमाडौं, 

मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्याइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । श्रीङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटीको पनि उपाधि हात पारिन् ।

मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख भइन् ।-उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर