Aamsanchar

सगरमाथा जुनियर्स कपको उपाधि आयोजकलाई

Author Image
बिहिवार, चैत २९, २०७४

(आयुष निरौला)

शान्तिनगर ।

न्यू स्टार बाल क्लब पिउरे इलामलाई हराउदै आयोजक सगरमाथा बाल क्लब बुद्धशान्ति ६ ले सगरमाथा जुनियर्स कप फुटबल २०७४ को उपाधि उचालेको छ । आयोजकले न्यू स्टार बाल क्लब पिउरेलाई १।० ले पराजित गर्दै उपाधि उचाल्न सफल भएको सहजकर्ता संयोजक पुष्कर पौड्यालले जानकारी दिनुभयो ।

उपाधि दिलाउन आयोजक सगरमाथा बाल क्लबका जर्सी नम्बर ५ का सन्दिप राईले खेल शुरु भएको ३ मिनेटमा गरेको गोल नै निर्णयक बनेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टिमले थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

उपाधि विजेता बन्दै आयोजकले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ७ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । खेलको म्यान अफ द म्याच आयोजकका जर्सी नम्बर १७ का अर्जुन राई, म्यान अफ द सिरिज आयोजककै जर्सी नम्बर २३ का अभिषेक राई घोषित भएको सहजकर्ता रबिन कोइरालाले जानकारी दिनुभयो ।

बुद्धशान्ति ६ को आदर्श आधारभुत विद्यालयको प्राङ्गणमा भएको सेमीफाइनलमा आयोजकले इलाम नाख्खोपाको जुनियर्स डाइमण्ड बाल क्लबलाई र न्यू स्टार बाल क्लब पिउरेले स्वर्णिम बाल क्लब बर्नेलाई हराउदै फाइनलको यात्रा तय गर्न सफल भएका थिए ।

आयोजक सगरमाथा बाल क्लबको प्रथम बार्षिकत्सवको अवसरमा आयोजना गरेको बाल क्लब स्तरिय सगरमाथा जुनियर्स फुटबल कप २०७४ मा झापाको बुद्धशान्ति गाँउपालिका र इलामको रोङ् गाँउपालिकाको गरि ८ वटा बाल क्लबहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर