Aamsanchar

कांग्रेस झापाका सचिव खड्काको निधन

Author Image
शुक्रवार, चैत ३०, २०७४

झापा,

नेपाली कांग्रेस झापाका सचिव लक्ष्मण खड्काको बिहीबार राति दिल्लीमा भएको असामयिक निधनको छ । ४६ वर्षीय खड्काको फोक्सोमा ट्युमर पलाएको र क्यान्सर संक्रमण सुरु भएको प्रारम्भिक ठम्याई पछि उनी उपचारका लागि भारतको मुम्बई गएका थिए ।

पेटमा समस्या आएपछि एक महिनाअघि उनलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको थियो । महेन्द्र रत्न मावि अनारमनीका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खड्का लोकप्रिय युवा नेताका रुपमा स्थापित रहेका थिए ।

मुम्बई अस्पतालले फोक्सोको संक्रमित भागको साटो अर्को भाग काटेर फालिदिएपछि उपचारका लागि भारतको राजधानी नयाँदिल्लीस्थित गंगाराम मेमोरियल अस्पतालमा लगिएका खड्काको उपचारकै क्रममा बिहीबार राति निधन भएको हो ।

आफ्नो अस्पतालबाट भएको गल्ती स्वीकार गर्दै मुम्बई क्यान्सर अस्पतालले दाहिने भागको घाउ पूर्णरुपमा निको भएपछि मात्र कम्तीमा ६ महिना पछि ट्युमर फाल्नु उपयुक्त हुने सुझाब दिएको थियो । सो अवधिसम्म क्यान्सरको संक्रमण रोक्न विभिन्न उपायहरु सुझाएको थियो ।

हेमु खड्काका अनुसार केही समय अघिदेखि लक्ष्मणको फोक्सोमा ट्युमर पलाएको थियो । त्यही ट्युमरमा पहिलो चरणको क्यान्सर भएका कारण करिब ४५ दिन अघि मुम्बईमा अप्रेशन भएको थियो ।

अप्रेशन गलत भए पछि थप उपचारका लागि नयाँदिल्लीमा करिब २५ दिनदेखि उपचाररत खड्काको हिजो साँझ निधन भएको खबर आएको कांग्रेस सभापति उद्धब थापाले जानकारी दिए । कांग्रेस सचिव खंड्काका श्रीमती, एक छोरा र एक छोरी नयाँ दिल्लीमा नै अभिभावकको उपचारमा सहभागी थिए । उनीहरुसहित कांग्रेस सचिव खड्काको पार्थिव शरीर आज अपरान्ह जहाजबाट बागडुगरा ल्याउने परिवारिक स्रोतले जनाएको छ ।

आज साँझ कांग्रेस सचिव खड्काको पार्थिव शरीर उनकै निवास बिर्ताबजारमा राखिने छ । भोलि बिहान ८ बजे जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तथा बिहान ११ बजे कनकाई माईमा दाहसंस्कार गरिने कार्यक्रम बनाइएको पार्टीको जिल्ला कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर