Aamsanchar

नसिंङ पेशावाट, मोडलिंङमा उदाएकी प्रिया ( फोटो फिचर सहित)

Author Image
शुक्रवार, चैत ३०, २०७४

नेपाली मोडलिंङ क्षेत्रमा नव प्रवेशिकाको रुपमा प्रिया उप्रेतीको प्रवेश भएको छ । मोफसलमा धेरै मोडलहरु आफ्नो भविष्य मोडलिंङ क्षेत्रमा खोजी रहेको अवस्थामा नर्सिङ पेशामा आवद्ध रहदै आएकी उप्रेतीले मोडलिंङ क्षेत्रलाई सहायक पेशाको रुप दिन मोडलिंङमा उदाएकी बताउछिन । 

झापा जिल्ला विर्तामोड नगरपालिकामा पिता विमल उप्रेती र माता मिना उप्रेतीको कान्छी छोरी प्रिया विर्तामोडको मनमोहन हस्पिटलमा कार्यरत नर्स हुन । विगत २ बर्ष अघि मिस मेचीमा आफ्नो शौन्दयता र क्षमता प्रस्तुत गरिसकेकी उप्रेती अव फिल्म र म्यूजिक भिडियोमा अभिनय गरेर कला मोडलिंङ क्षेत्रमा नयाँ आयाम ल्याउने दृढताका साथ अघि बढिरहेकी छिन ।

५ फिट ५ ईच्च उचाई भएकी २० बर्षिया उप्रेती सानै देखि मोडलिंङ विधालाई भविश्यमा अंगाल्ने सोच राख्ने गरेको बताउछिन । हाल आएर भड्किलो र अमर्यादिन बन्दै भएको यो क्षेत्र राम्रो हुदा हुदै केहीले मोडलिंकको नाममा गलत गतिविधी र नेपाली समाजलाई नपच्ने खालको क्रियाकलाप गरेको देख्दा दुख लाग्ने बताउछिन उनी ।

प्राकृतिक  क्षेत्रमा यात्रा गर्न, जेष्ठ माता पिताहरुलाई मायाँ र सम्मान र गीत संगित सुन्न मनपराउने नव मोडल प्रियाको रुचीको विषय हो ।

नेपाली सिने जगतमा छाएका दुई अभिनेत्री मोडल प्रियंका कार्की र केकी अधिकारीको अभिनय र मोडलिंङ कला मन पराएर यस क्षेत्रमा प्रेवेश गर्ने प्रेरणा मिलेको बताउने उप्रेतीलाई उनको परिवारले पनि एक कुशल मोडल बनाउन सधै हौसला प्रदान गरेको बताउन छिन । प्रियाको मोडलिंङ यात्राले सफलता प्राप्तगर्न सकोस् आमसंचारको शुभकामना । 


सब्द तस्वीर : विनोद पाण्डे कमल /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर