Aamsanchar

बिर्तामोडमा होटल ग्राण्ड प्यासीफिक सञ्चालन (तस्वीर सहित)

Author Image
शुक्रवार, चैत ३०, २०७४

बिर्तामोड ।

झापाको बिर्तामोडमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका– १ पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको होटल ग्राण्ड प्यासीफिक प्रालि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७५ को शुभकामना सहित सञ्चालनमा आएको होटल सात तलाको रहेको छ ।

 

एकै पटक ४ सय जनालाई सेवा प्रदान गर्न सक्ने बिर्तामोडकै ठूलो होटल रहेको सञ्चालक देवीप्रसाद मैनालीले बताए । २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको होटलले होटल एवं बारमा एकै पटक दुई सय जनालाई सेवा प्रदान गर्ने जनाइएको छ । २५ वटा डिलक्स रुमहरु रहेको होटलले पार्टी एवं गुणस्तरीय सेमीनारहलमा दुई सय जना क्षमता रहेको सभा हल समेत सञ्चालनमा ल्याएको बताइएको छ ।

 

दुई करोड रुपैंयाको लगानीमा सञ्चालनमा आएको होटलमा देवीप्रसाद मैनाली, डिल्लीराम मैनाली, डा.लक्ष्मीप्रसाद मैनाली, गोपालप्रसाद मैनाली, अर्जुनकुमार मैनाली र सागर मैनालीको संयुक्त लगानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईको थियो ।

२४ सै घण्टा सञ्चालनमा रहेको होटलले स्वादिष्ट सफा, स्वच्छ, गुणस्तरीय एवं ताजा परिकारहरु उपलब्ध गराउने बताइएको छ । सेवाग्राहीलाई आकस्मिक उपचार सेवा चाहिएको खण्डमा सो सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ । होटलले एयर टिकट ट्राभल्स सञ्चालन गर्ने, आन्तरिक रमणीय एवं पर्यटकीय क्षेत्रको भ्रमणका लागी विभिन्न टुर प्याकेज समेत संचालन गर्ने लक्ष्य लिएको होटलमा म्यानेजर लय मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)