Aamsanchar

शिवसताक्षीमा बैशाख ६ गतेबाट मेयर कप

Author Image
शुक्रवार, चैत ३०, २०७४

(शान्तिराम बस्नेत)
झापा ।


झापाको शिवसताक्षीमा आउँदो बैशाख ६ गतेदेखि प्रथम मेयर कप शुरु हुने भएको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

नगरभरिका ११ वटैका खेलाडीहरुमात्र समावेश गर्ने गरि सम्पन्न हुन लागेको प्रतियोगितामा पुरुष भलिबल, पुरुष फुटबल र पुरुष क्रिकेट हुनेछन् त्यस्तै महिला र पुरुष दुवै विधामा ट्रयाकतर्फ एथलेटिक्स १०० मी. दौड, ३ हजार २ सय मीटर दौड तथा फिल्डतर्फ हाइजम्प, लङ्गजम्प, सटपुट हुनेछन् । त्यसैगरी नगरभरिकै ८ वटा डोजोका खेलाडीहरुबीच कराँते प्रतिष्पर्धा हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो भने कराँते महिलातर्फ ७ विधा तथा पुरुष ८ विधामा पुरुस्कृत गर्ने समेत शिवसताक्षी नगर विकास समितिका अध्यक्ष फूर्वा तामाङले जानकारी दिए ।

लगभग १० लाख बराबरको आयव्यय प्रस्तुत गरिएको उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलतर्फ ५ लाख २१ हजार ५ सय, भलिबलतर्फ १ लाख ३३ हजार, क्रिकेटमा १ लाख ४३ हजार, कराँतेमा ९८ हजार र एथलेटिक्समा १ लाख ५ हजार बराबरको खर्च हुने समितिका सदस्य सचिव डिल्ली नेपालले बताए ।

कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि उक्त समितिले विधा अन्तर्गतका खेलका लागि उपयुक्त स्थानहरु समेत छनोट गरेको छ, जसअनुसार फुटबल जनआदर्श मावि शिवगञ्जको खेलमैदान, भलिबल त्रिभुवन मावि पाँचगाछीको खेलमैदान, क्रिकेट शिवसताक्षी ९ स्थित मिलन चौक प्रस्ताविक क्रिकेट रंगशाला, एथलेटिक्स विधाका सम्पूर्ण खेलहरु भगवती मावि ब्याङ्गडाँडाको खेलमैदान, कराँते नाम्बिन बोर्डिङ स्कूल शिवसताक्षी १ मा हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैशाख ६ गते कार्यक्रम उद्घाटनसंगै फुटबल, ७ गतेबाट क्रिकेट, ८ गतेबाट कराँते, ९ गतेबाट भलिबल तथा १५ गतेबाट एथलेटिक्स विधाका खेलहरु हुने समितिका अध्यक्ष फुर्वा लामाले बताए ।

यसैबीच आउँदो बैशाख ६ गतेका दिन जनआर्दश माविको खेलमैदानमा मार्चपास सहित भव्य कार्यक्रमका बीच उद्घाटन हुने उक्त प्रतियोगितामा मैत्रीपूर्ण फुटबल हुने समेत बताइएको छ । मैत्रीपूर्ण फुटबल खेल पत्रकार ११ संग नगरपालिकाका मातहातमा रहेका कर्मचारीहरुबीच हुने जानकारी दिएइको छ ।
प्रतियोगिता बैशाख ६ गतेबाट शुरु भई १७ गते समापन हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर