Aamsanchar

कार्यालयमा नै रक्सी खाने वडाध्यक्ष न्यौपानेलाई एमालेद्धारा निष्काशन

Author Image
शुक्रवार, चैत ३०, २०७४

झापा ।

झापा मेचीनगर २ का वडा अध्यक्ष तीलक न्यौपानेलाई नेकपा एमालेले पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्काशित गरेको छ । उनले कार्यालय समयमा रक्सि खाएर अभद्र व्यवहार देखाएको र यसले सिंगो पार्टीलाई नै असर पुगेको भन्दै ३ महिनका लागि पार्टीले निष्काशन गरेको हो ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेचीनगर २ मा निर्वाचित वडा अध्यक्ष न्यौपानेलले पार्टीको हीत विपरित काम गरेको भन्दै नेकपा एमालेको शुक्रवार सम्पन्न नगर कमिटिको बैठकले ३ महिनाका लागि निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले बताए । बैठकबाट न्यौपानेले कार्यालय समयमा रक्सि खाएर जाने, महिलाहरुसँग तथानाम बोल्ने र जनताहरुसँग अभद्र व्यवहार गरेकोमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको पोखरेलले बताए ।

गत चैत १४ गते रक्सि खाएर कार्यालय गएका न्यौपानेलाई स्थानीय जनताले प्रहरीलाई खबर गरी प्रक्राउ गरिएको थियो । उनलाई प्रहरीले समेत अब उप्रान्त यसो नगर्न सुझाव दिदैँ पक्राउ परेको २ घण्टामै छोडेको थियो । साविक बाहुनडाँगी गाविसका पूर्व उपाध्यक्ष समेत रहेका न्यौपानेलाई पार्टीले बारम्बार यस्तो गल्नि नगर्न सुझाव दिँदै आएको थियो । तर, पार्टीको कुरालाई वास्तै नगरी रक्सिको भरमा कार्यालय जाने गरेका उनलाई सेवाग्राहीले नै प्रहरीको जिम्मा लगाएका थिए । उनको यो हर्कतले सिंगो वडालाई नै आजित बनाएको थियो । कर्मचारीहरुमा समेत काम गर्न वातावरण नभएको कर्मचारीहरुले बताउँदै आएका थिए ।

‘३ महिनालाई अर्काे अवसर दिएका छौँ’ पार्टीका नगर अध्यक्ष राजु पोखरेले भने–‘यदि फेरी पनि नसुर्धिए पार्टीले एउटा योजना बनाएर सधैँका लागि निष्काशन गर्नेछौँ ।’अध्यक्ष न्यौपानेले १५ गते सोही वडामा भएको दलित भेलाको कार्यक्रममा जे जस्तो गल्ति भए पनि अब उप्रान्त यस्तो नगर्ने भन्दै सार्वजनक रुपमा माफी समेत मागेका थिए ।

नगर कमिटि बैठकमा प्रदेश सांसद तथा एमाले नेताहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, पार्टीका जिल्ला सदस्यहरु देवकुमार राई, डिल्ली घिमिरे, नगर कमिटिका १५ वटा वडाका वडा अध्यक्ष, क्षेत्रीय कमिटिका सदस्य तथा पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर