Aamsanchar

स्थानीय तहको न्यायिक समितिलाई सक्रिय तुल्याइने

Author Image
शुक्रवार, चैत ३०, २०७४

काठमाडौँ,

सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशीले स्थानीय न्यायिक समितिलाई सक्रिय बनाई मेलमिलाप कार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

मेलमिलाप दिवस–२०७५को उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा उहाँले स्थानीय न्यायिक समितिको सक्रियता र सक्षमताको लागि उचित कानूनी व्यवस्था गर्न विधायिकाले ध्यान दिनुपर्ने जोड दिनुभयो । उहाँले वैकल्पिक र प्रभावकारी न्याय प्रणालीका रुपमा रहेको मेलमिलापलाई स्थानीय तहमा विवाद रुपमणको अभिन्न अंगको रुपमा विकास गर्न खोजिएको समेत बताउनु भयो ।

मेलमिलाप परिषद्का अध्यक्षसमेत रहनुभएका कामु प्रधानन्यायाधीश जोशीले अहिले भएको मेलमिलाप ऐन–२०६८ र नियमावली–२०७० लाई समय सापेक्ष परिमार्जन गर्न थालेको समेत बताउनुभयो ।

कार्यक्रममा सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईले मेलमिलाप न्यायको सहअस्तिवमा रहेको भन्दै मेलमिलाप संख्यात्मक रुपमा बढ्न नसकेको बताउनुभयो । कार्यक्रमा सर्वोच्चका पूर्वन्यायधीश वैद्यनाथ उपाध्याय र गिरिशचन्द्र लालले मेलमिलापलाई वैकल्पिक न्यायलयको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सर्वोच्चका रजिष्ट्रार महेन्द्रराज उपाध्यायले भवन जनशक्ति नभएकाले भनेजस्तो मेलमिलाप गराउन नसकेको बताउनुभयो । कार्यक्रममा सबैभन्दा बढी मेलमिलापमा उजुरी पठाउने धनकुटाका जिल्ला न्यायाधीश बिनोदकुमार पोखरेल र सबैभन्दा बढी मेलमिलाप गराउने चितवन जिल्ला अदालतका मेलमिलापकर्ता दीवाकर भट्टराईलाई कामु प्रधानन्यायाधीश जोशीले सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)