Aamsanchar

‘वैशाख ९ मा पार्टी एकता’

Author Image
शुक्रवार, चैत ३०, २०७४

धनुषा,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो वैशाख ९ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता निश्चित भइसकेको दाबी गर्नुभएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेकपा (एमाले) नगर कमिटिले आज आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री महासेठले वैशाख ९ गते एकीकरण हुने निश्चित भइसकेको बताउनुभएको हो ।

एमालेका नेता मन्त्री महासेठले लेनिनको जयन्तीका दिन दुई एकताको लगभग तयारी पूरा भइसकेको स्पष्ट गर्नुभयो ।

मन्त्री महासेठले बढिमा ६ महिना भित्रै जयनगर–जनकपुर–बर्दिवास –सिमरा सम्म रेल कुद्ने बताउनुभयो ।

मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी पनि दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)