Aamsanchar

नर्या वर्ष पत्रकारको दक्षता अभिवृद्धि वर्ष

Author Image
शनिवार, वैशाख १, २०७५

पोखरा,

श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघ कास्की शाखाले नयाँ वर्ष २०७५ लाई तालीम वर्षका रुपमा मनाउने भएको छ ।

नयाँ वर्षको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका लागि सबै किसिमका तालीम सञ्चालन गरिने कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एवं स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारिता क्षेत्रमा भाषिक शुद्धताको खाँचो आँैल्याउनुभयो ।

अर्का शाखाका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले दक्ष र मर्यादित पत्रकारिताको माध्यमबाट मात्र नागरिकका हक, अधिकारको संरक्षण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा शाखाका पूर्वअध्यक्ष पुण्य पौडेल, पत्रकार नवराज सुवेदी, डा बलराम रेग्मी, हरि बास्तोला, तारा चापागाई, दुर्गा भण्डारी, श्याम कुँवरलगायतले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर