Aamsanchar

वसको ठक्करबाट नयाँ वर्षकै दिन झापामा दुईको मृत्यु

Author Image
शनिवार, वैशाख १, २०७५

झापा ।

पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडक खण्डमा आज साँझ यात्रुवहाक वसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – १ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । ९ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १३७१ नम्वरको वसले ठक्कर दिएको थियो ।

वसको ठक्करबाट गम्भीर घाइते बनेका वुवा छोरालाई नै बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका लागि पु¥याइए पनि प्रेमको अस्पताल पु¥याएर लगत्तै मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । घाइते छोराको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता सोही वसका सह चालक मेचीनगर नगरपालिका – १० निवासी १६ वर्षीय विशाल कार्की डोले वसबाट झरेर गम्भीर घाइते बनेका छन् । वसले साइकललाई ठक्कर दिएपछि व्रेक लगाउने क्रममा वसको ढोकामा रहेका उनी वसबाट झरेको प्रहरीले जनाएको छ । उनको पनि विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व – पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित सुरुङ्गा सडक खण्डमा बाटो काट्ने क्रममा वसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको वा ३ ख २१८८ नम्वरको वसले महिलालाई ठक्कर दिएको थियो । वसको ठक्करबाट घाइते भएकी महिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको पहिचान भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर