Aamsanchar

पोखरीमा डुबेर मृत्यु

Author Image
आइतवार, वैशाख २, २०७५

मोरङ,

मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय मग्ना मिँया रहेका छन् । उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

वैशाख १ गते नयाँ वर्षको अवसरमा सो मन्दिरमा मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)