Aamsanchar

कम्युनिष्टका प्रभावशाली नेताले भने– वैशाख ९ मा पार्टी एकता

Author Image
आइतवार, वैशाख २, २०७५

झापा, वैशाख २ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञावालीले दुई ठूला कम्युनिष्ट पार्टीबीच आगामी वैशाख ९ गते एकता हुने बताउनुएको छ ।

आइतबार झापाको बिर्तामोडमा कम्युनिष्ट पार्टी एकताको सन्दर्भमा आयोजित ‘अबको समाजवाद’ विचार गोष्ठीलाई सम्वोधन गर्दै नेता ज्ञावालीले यस्तो बताउनु भएको हो । परराष्ट्र मन्त्रीसमेत रहनु भएका नेता ज्ञावालीले कसैको जोड घटाऊका कारण नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रभावित नहुने बताउनुभयो ।‘पार्टी एकताको बारेमा व्यक्तिलाई के लाग्छ त्यो तपशीलको बिषय हो’उहाँले भन्नुभयो –‘पार्टीको वृह्त एकताका लागि पद, पोजिसन केही पनि होइन, पार्टी एकता हुन्छ ।

कार्यक्रममा बोल्दै एमाले नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाज गतिशील बन्दै जाँदा चुनौतीहरु नयाँनयाँ थपिँदै गएको बताउनुभएको छ । चुनौती थपिँदै गए पनि ती चुनौतीको समाधान पुरानै तरिकाले सोच्ने गरिएकाले सही समाधान हुन नसकेको नेता ज्ञवालीको भनाइ छ। उनले भने, ‘अब हिजोका संरचना बासी हुँदै गए। हिजोका धारणाले अबका प्रश्नहरुका उत्तर पाइँदैन। नयाँ ढंगबाट सोचनुपर्छ।’

नयाँ तरिकाबाट समाजवादको व्याख्या कसरी गर्ने भन्ने विषयमा छलफल गर्न जरुरी रहेको नेता ज्ञवालीले बताएउनुभयो । ‘अबको समाजवाद कुनै एउटा पार्टीको पेवा सिद्धान्त होइन,’ ज्ञवालीले भने, ‘लक्ष्य के हुने भन्ने बारेमा टोल टोलमा छलफल चलाउनुपर्छ।’ अमेरिका र चीनको उदाहरण दिँदै उनले अमेरिका जस्तो पुँजीबादी देश डरलाग्दो संकटबाट गुज्रिरहेको बताए। चीन खुल्ला बजारबाट अगाडि बढिरहेको नेता ज्ञवालीको भनाइ छ। उहाँले भन्नुभयो – ‘अमेरिका जस्तो देश जस्ले पूँजीवादको नेतृत्व गरिरहेको छ, उ नै बेला बेला हच्किएको समाचार हामी पढन पाइरहेका छौं।’ उहाँले समाजवाद नै विश्व हाँक्नसक्ने सिद्धान्त रहेछ भन्ने विषयमा विश्वमा बहस भइरहेको बताउनुभयो।

यता पार्टी एकता संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन वैशाख ९ मा नै गर्ने दुई पार्टीबीच समझदारी भएको बताउनुभयो । उहाँले भोलि बस्ने पार्टी एकता संयोजन समितिको वैठकले सम्भव भएसम्म वैशाख ९ मा नै पार्टी एकता गर्नेमा केन्द्रित हुन्छ भन्नुभयो । ‘भोलि बस्ने समितिको बैठकले वैशाख ९ मै पार्टी एकता गर्ने गरी छलफल गर्छ’ उहाँले भन्नुभयो –‘कदमकदाचित केही दिन ढिलो भई हालेपनि पार्टी एकता हुन्छ ।’

नेता श्रेष्ठले नेपालमा समाजवादको बहस नै जोडदार चलाउनुपर्ने बताउनुभयो । उहाँले सबभन्दा पहिला समृद्ध बहसको आवश्यक्ता भएको बताउनुभयो । नेता श्रेष्ठले बहसले नै नयाँ अवधारणा आउने बताउनुभयो। उहाँले भन्नुभयो– ‘समाजवादको बहस घनिभूत नभइ समाजवादतर्फ पुग्ने रणनीतिक लक्ष्य पूरा हुन सक्दैन।’

कार्यक्रममा नेताहरुले प्रजातन्त्रको अभाव भएका कारण विगतमा समाजवाद असफल भएको चर्चा गर्दै विकसित समाज जस्तै अबको समाजवादको लक्ष्य हुनुपर्ने धारणा राखेका थिए । नयाँ तरिकाबाट समाजवादको ब्याख्या कसरी गर्ने भन्ने विषयमा नेपालमा समाजवादको बहस जोडदार चलाउनुपर्ने नेताहरुको भनाई थियो ।

सहिद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान झापाका संयोजक झलकसिंह दर्लामी सन्देशको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्वागत सहिद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान झापाका सह संयोजक ढुण्डीराज गुरागाई र संचालन सचिव रेवतराज पुरी गगनले गरेका थिए । साभार : ईपूर्व

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर