Aamsanchar

११० जनाको परीक्षण गर्दा १० जनामा भिआइए पोजेटिभ

Author Image
आइतवार, वैशाख २, २०७५

विर्तामोड २ बैशाख । माता तीर्थ औसीको अवसर पारेर झापाको अर्जुनधारा वडा–१० स्थित कालिझोडामा आज आयोजित एक कार्यक्रमबीच महिलाहरुको भिआइए परीक्षण तथा ज्येष्ठ माताहरुलाई सम्मान गरिएको छ ।

स्वस्थ्य रहौं, समयमै सचेत होऔं भन्ने नाराका साथ महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
वीरता लेडी जेसीज र सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा ११० जना महिलाको भिआइए परीक्षण गरिएको हो । ११० जनाको भिआइए परीक्षण गर्दा १० जना महिलाको रिपोर्टमा भिआइए पोजेटिभ देखिएको बताइएको छ ।

आयोजक संस्थाका अध्यक्षद्वय वीरता लेडि जेसीजकी अध्यक्ष नम्रता ढकाल र सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापाको संयुक्त अध्यक्षता तथा जिल्ला सहकारी संघकी जिल्ला सदस्य तुलसा कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुँवर, विशेष अतिथि शारदा रिजाल, अर्जुनधारा वडा नम्बर–८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, सहकारी क्षेत्रीय सदस्य कृष्ण चापागाँई, कालिका शिशुसदनका संस्थापक प्रिन्सिपल मोहन सुब्बा, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराई, कर्ण तामाङ, भूपेन्द्र न्यौपाने, ललित खड्का, नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, यज्ञलाल श्रेष्ठ, सकुन्तला बराल, शिला ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

डाक्टर प्रविण भट्टराई नेतृत्वमा डाक्टर शुशिलाकुमारी यादव, चन्द्रकला निरौला, सुरेस लुईटेल लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
कार्यक्रममा ज्येष्ठ माताहरु पूर्णिमाया लिम्बू, रनमाया लिम्बू, नरमाया धमला, लक्ष्मीदेवी सेढाई र जानुका पौडेललाई सम्मान गरिएको थियो ।
पम्फा वि.क ले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि नम्रता ढकालले प्रकाश पारेको कार्यक्रममा आस्था वाचन मञ्जु ओली न्यौपानेले गर्नुभएको कार्यक्रममा कञ्चना ढकाल सिटौलाले स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर