Aamsanchar

पत्रकार निरौला सहित २० जनाभन्दा बढीलाई सम्मान

Author Image
सोमवार, वैशाख ३, २०७५

बिर्तामोड, वैशाख ३। कोच आदिबासीहरुको महान पर्व सिरुवा पावनी अन्तर्गत कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको व्यवस्थापन र कोचिला गाभुर फ्रन्ट बिर्तामोड नगर उपसमितिको आयोजनामा बिर्तामोड–२ स्थित चिमितबारी रामचोकमा कोचिला सिरुवा सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलासहित २० जनाभन्दा बढीलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा पूर्व प्रधानपञ्च कृष्णप्रसाद राजवंशी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खडानन्द चौधरी, नेपाली सेनाका अवकाश प्राप्त महासेनानी चन्द्रप्रकाश राजवंशी, नेपाल प्रहरीका प्रहरी निरीक्षक चन्द्रकुमार सिंह राजवंशी गायक, बलबहादुर राजवंशी, प्रजेश राजवंशी, नृत्यङ्गना बन्दना राजवंशी, त्रिभुवन विमानस्थलका उपप्रबन्धक अशोक राजवंशी, कोचिला गाभुर फ्रन्टलाई जग्गा प्रदान गर्ने मोहन राजवंशी, डा. सरोजकुमार राजवंशी, डा. लिली राजवंशी, डा.राजेन्द्र चौधरी राजवंशी, डा.ललित राजवंशी, डा. रन्धीर राजवंशी, डा. ममता घिरैया राजवंशी, डा. गौतम राजवंशी, डा. महेश राजवंशी, डा. कर्ण राजवंशी र डा. ओम राजवंशी रहेको कोचिला स्वास्थ्कर्मी फ्रन्टका अध्यक्ष रणदेव हजामले जानकारी दिए ।
कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवोकाटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शिवाकोटीले चान्नी बाती बालेर गरेका थिए ।

कार्यक्रममा कोच आदिवासी समुदायको पहिचान झल्कने पहेँलो गम्छा समेतले सम्मान गरिएको थियो । कार्यक्रममा कोच आदिवासी समुदायको पहिचान झल्कने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो भने एकापसमा काद –हिलो) दलेर काद सिरुवा मनाइएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अर्जुन राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर