Aamsanchar

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

Author Image
बुधवार, वैशाख ५, २०७५

इटहरी,

पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन भएको छ ।

तालतलैया विकास तथा संरक्षण समितिको पाँचौँ वार्षिक साधारणसभाले वीरबहादुर लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको मंगलबार इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तालतलैया विकास तथा संरक्षण समितिका संरक्षण एवं इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा तालतलैया विकास तथा संरक्षण समितिको नयाँ पदाधिकारी चयनको घोषणा गरिएको हो ।

उक्त अवसरमा तालतलैया विकास तथा संरक्षण समितिका पूर्व महासचिव रमेश अधिकारीले सरस्वती र शान्तिनगरी सामुदायिक वन उपभोक्ता समूहबीचमा रहेको तालतलैया क्षेत्र ७५ दशमलव ७६ हेक्टर जमिन क्षेत्रमा फैलिएको बताउनुभयो ।

बाल उद्यान, वनभोजस्थल, जंगली जीवजन्तुको अवलोकन गर्दै त्यहाँ भएका साना तथा ठूला सातवटा रमणीय सुन्दर तालमा जलयात्रामा रमाउँदै मनोरञ्जन गर्न सकिने तालतलैया क्षेत्रले वार्षिक कम्तीमा रु एक करोड भन्दा बढी आम्दानी गर्दै आएको पनि जानकारी दिइएको छ ।

वनभोजका समयमा जनकपुरदेखि पूर्वका विभिन्न जिल्लाका सयौँ वनभोज टोलीसहित जलयात्रालगायत विभिन्न संघ संस्थाको वार्षिकोत्सवसमेत आयोजना हुने प्रमुख थलोका रुपमा पनि इटहरीको तालतलैया क्षेत्र लोकप्रिय र आकर्षणको केन्द्रका रुपमा परिचित रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर