Aamsanchar

सेनिहाङको उपचारार्थ च्यारिटी शो

Author Image
बुधवार, वैशाख ५, २०७५

 मोरङ, 

आर्थिक अवस्थाबाट कमजोर भएका मिक्लाजुङ–२ बस्ने सेनिहाङ लिम्बूको दुवै मिर्गौला खराब भएपछि उनको उपचारार्थ खर्च जुटाउनका लागि विराटनगरमा च्यारिटी शो गरिने भएको छ ।

चलचित्र ‘यो साइनो मायाको’ को विशेष च्यारिटी शो (प्रदर्शन) आज हिमालय टाकिजमा गरिने भएको छ । च्यारिटी शोबाट उठेको रकमबाट सेनिहाङ लिम्बूको उपचारमा खर्च गरिने जनाइएको छ । प्रेम कथामा बनेको यो चलचित्रमा प्रेम, बिछोड र त्यागको कथा उल्लेख गरिएको छ । चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडीलगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रका निर्माता रामकुमार श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा कुन्दन थापा र विकेश के शंकरको संगीत, बाबुराम नेपालीको छायांकन छ । चलचित्रको निर्देशन अरुणकुमार प्रधानले गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर