Aamsanchar

मुख्यमन्त्री राई–आवास हस्तान्तरण

Author Image
बुधवार, वैशाख ५, २०७५

इटहरी, 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी पु¥याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने कुरामा जोड दिनुभएको छ ।

मुख्यमन्त्री राईले आज बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न पुगेका ३७ घरपरिवारका लागि निर्माण भएको आवास हस्तान्तरणपछि आफ्नो धारणा राख्दै उक्त कुरा बताउनुभएको हो ।

इटहरी उपमहानगरपालिका–१० को सुकुम्बासी बस्तीमा पसेको बाढीले घरबारविहीन बन्न पुगेका सुकुम्बासी परिवारको बसोबासका लागि एसओएस बालग्राम इटहरीको आपत्कालीन राहत कोषमार्फत क्विक रेस्क्यु टिम नेपाल तथा अन्य विभिन्न संघसंस्थासमेतको रु ५२ लाखको लागतमा त्यहाँ ३७ परिवारको घर निर्माण गरिएको हो ।

ती घर सम्बन्धित परिवारलाई हस्तान्तरणपछि मुख्यमन्त्री राईले एसओएसलगायतले आपत्कालीन मानव सेवा भावनाले प्रेरित भएर गरिएको यो उदाहरणीय कार्यबाट हामी नेपालीले राम्रो शिक्षा लिन जरुरी छ भन्नुभयो ।

उहाँले सोही प्रसङ्गमा मानवताको सेवा नै आपत्कालीन अवस्थामा देखाउनुपर्ने भएकाले यहाँ असल भावनाले प्रेरित भएर असल काम भएकोप्रति प्रशंसासमेत गर्नुभयो ।

मुख्यमन्त्री राईले कहिले शान्त र निर्मल भएर बग्ने त कहिल् रौद्र रोदन देखाउँदै मावनबस्तीमा ताण्डव नोक्सानी गर्दै आएको बूढीगङ्गा नदीको बहुउपयोगिताका विषयमा प्र्रदेश सरकारले ठोस योजना बनाएर अल्पकालीन एवं दीर्घकालीन ढङ्गले पर्यटकीय आकर्षणको केन्द्रमा रुपान्तरण गर्दै लैजाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

नयाँ नेपालको निर्माणका लागि जनताद्वारा निर्मित संविधानअनुरुप तीन तहको निर्वाचन सम्पन्न भई जनअनुमोदित स्थानीय प्रदेश र संघीय सरकारले काम अघि बढाइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले अब देशको आर्थिक अवस्थाले भ्याएसम्म सबै प्रकारका भौतिक पूर्वाधारको निर्माणसँगै सुकुम्बासीको दीर्घकालीन समाधानका कार्यसमेत गरिनेछ भन्नुभयो ।

सोही अवसरमा प्रदेश सांसद निलम बस्नेतले प्रदेश सरकारले बूढीगङ्गा नदी आसपासको मावनबस्ती स्ुरक्षित राख्नका लागि ठोस नीति र योजना बनाएर काम गर्ने विषयमा आफ्नो पनि विशेष ध्यानाकर्षण भएको विश्लेषण सुनाउँदै यसलाई आफू इटहरीवासी भएको नाताले दुहवीसम्मको क्षतिलाई विश्लेषण गरेर ठोस काम अघि बढाइने बताउनुभयो ।

बुद्धबहादुर एक्तेनको अध्यक्षतामा भएको उक्त घर हस्तान्तरण समारोहमा घर निर्माण कार्यमा हातेमालो गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो ।

उक्त अवसरमा मावन परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचना निर्माण भएको प्रति धु्रव सुब्बाले खुशी व्यक्त गर्दै सुकुम्बासीको स्थायी समस्या समाधानमा प्रदेश सरकाले पनि ठोस नीति ल्याउन आग्रह गर्नुपर्छ भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर