Aamsanchar

युएईमा बुद्ध जयन्तीको भव्य तयारी

Author Image
बुधवार, वैशाख ५, २०७५

[सुर्य खवास]

युएई

शान्त्तिका अग्रदुुत भगवान गौतम वुद्धको २५६२ औं बुद्ध जयन्ती ११ मे २०१८ का दिन भव्य रुपमा मनाउनका लागि नेपाल आदिवासी जनजाति महासंघ युएईले तयारी थालेको छ ।

महासंघको हालैै सम्पन्न बैठकले भव्य रुपमा बुद्ध जयन्ती मनाउनको लागि पूर्वअध्यक्ष डेरराज गुरुङ्गलाई २५६२ औं बुद्ध जयन्ती कार्यक्रमको संयोजकको जिम्मेवारी दिएको महासघका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।

महासँघको आयोजनामा आवद्ध ११ ओटै जातिय समाजको सहभागिता रहने उक्त कार्यक्राममा युएईमा कृयाशिल अन्य सँघ संस्थालाई समेत सहभागी गराउने उद्देश्यले छलफल तिब्र पारेको छ । यसै शिलशिलामा आगामी २० अप्रीलका दिन युएईमा कृयाशिल संघ संस्थाहरुलाई छलफलका लागि आव्हान गरेको छ ।

कार्यक्रममा बुद्ध पूजा, विश्व शान्तिका लागि मन्त्रोच्चारण र बुद्ध बाचन गर्ने लगायतका कार्यक्रम हुने आयोजना समितिले जनाएको छ ।

स्मरण रहोस गत वर्ष युएईमा क्रियाशील चार दर्जन संघ संस्थाहरु मिलेर संयुक्त बुद्ध जयन्ती आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर