Aamsanchar

पूजापाठ हुने मन्दिरमा व्यवहारीक ज्ञान !

Author Image
बुधवार, वैशाख ५, २०७५

(नवीना कुईकेल)

शान्तिनगर ।

दैनिक भगवानको पूजापाठ हुने मन्दिरमा व्यवहारीक ज्ञान पनि सिकिन्छ भन्दा आश्चर्य लाग्नसक्छ तर झापाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुद्धशान्ति गाँउपालिका वाड न. ६ मा अवस्थित शिद्देश्वर शिब मन्दिरमा यो सम्भब भएको छ ।

हप्ताको एक दिन बिद्यालय बिदा हुनेदिन शनिबार नानिहरु कोहि गुच्चा खेलेर र कोहि डुलेर समय व्यर्थ गर्ने गर्छन् तर हाल बुद्धशान्ति गाँउपालिका ५ र ६ (साविक शान्तिनगर २ र ५) का नानिहरु बिदाको दिन शनिबार खुसी हुँदै मन्दिर जाने गर्छन् । अनि उनिहरुको रुचि अनुसार कोहि बाध्यबाधनमा मग्न हुन्छन् भने कोहि नृत्यमा व्यस्त हुन्छन् । कोहि कपाल काट्दै तथा टपरा बुन्दै हुन्छन् भने कोहि रमाइ रमाइ खेलिरहेका हुन्छन् ।

औपचारिक शिक्षाले मात्र नानिहरुको सर्वाङ्गिण विकास नहुने भन्दै नानिहरुलाई व्यबहारिक ज्ञान सिकाउने उदेश्यले बुद्दशान्ति गाँउपालिका वाड न. ६ मा अवस्थित शिद्देश्वर शिब मन्दिरले शिद्देश्वर बाल कल्ब नामक संस्था स्थापना गरेको छ । उक्त बाल क्लबमा नानिहरुलाई उनिहरुको रुचि अनुसार गायन, नृत्य बाध्यबाधन, उद्घोषण, अभिनय लगायत क्षमता अभिबृद्दि गर्ने सिप तथा कपाल काट्ने, टपरा बुन्ने, मुडा बुन्ने जस्ता ब्यवहारिक र आर्थिक उपार्जन हुने सिप साथै समय सापेक्ष राजनीतिक, सामाजिक र प्रविधि सम्बन्धि ज्ञान पनि दिदै आइरहेको शिद्देश्वर शिव मन्दिरका अध्यक्ष डिल्लिराम खतिवडाले बताए ।

अहिलेको बिद्यालयको सैद्धान्तिक ज्ञानले मात्र जिबिको पार्जन गर्न गाह्रो हुने तथा बिद्यार्थीमा भएको अन्र्तरनिहित प्रतिभा प्रस्फूटन नहुने महशुश गर्दै नानिहरुको अन्तरनिहित क्षमतालाई प्रस्फूटन गर्न, संस्कृति परम्परा बचाउन, अहिलेको बदलिँदो परिस्थिति सँग सामना गर्न सक्ने र दक्ष जनशक्ति उत्पादन गर्न यो संस्था लागि परेको बताउँछन् शिद्देश्वर बाल क्लबका संयोजक बासुदेब न्यौपाने ।


बिदाको एक दिन शनिबारको पनि सदुपयोग गर्दे बुद्दशान्ति गाँउपालिका वाड न. ६ र ५ का करीब दुईसय नानिहरु उक्त मन्दिरमा आफ्नो कला प्रदर्शन, प्रबर्धन गर्न र व्यबहारिक ज्ञान सिक्न जानेगर्छन् । बुद्धशान्ति ५ को गडिगाँउ मा. वि., शान्ती निकेतन बोर्डिङ स्कुल र बुद्धशान्ति ४ मा रहेको मुनामदन एकेडेमीका बिद्यार्थी त्यहाँ जान्छन् र आफुसँग भएको कला प्रस्तुत गर्छन् ।

खाली जमिनमा जस्तो बिज छर्यो त्यस्तै उम्रने भने झंै नानिहरुको खालि अनि कलिलो दिमागमा राम्रो शिक्षा भर्न सक्यो भने उनिहरुको भविश्य उज्वल हुने भन्दै सुन्दर देश निर्माण तथा विकासमा टेवा पुग्ने काम गरेकोमा आफ्नो खुसी ब्यक्त गर्छन् बुद्धशान्ति वाड नं. ६ का अध्यक्ष शम्भू पौडेल ।


बाल क्लबकी अध्यक्ष पूजा दाहालले वि सं २०७२बाट शरु गरिएको उक्त क्लबमा पहिला हप्ताको २ घण्टा मात्र सिकाउने गरिए पनि हाल क्लबमा बिद्यार्थीको संख्या तथा आवश्यकतालाई महसुस गर्दै कक्षा १ देखि ५ सम्मलाई १० बजे देखि १२ बजे सम्म कक्षा ६ देखि १० सम्मलाई १२ देखि २ र १० भन्दा माथिको विद्यार्थीलाई २ देखि ४ बजे सम्म २ घण्टाको दरले प्रशिक्षण भइरहेको बताइन् ।

स्थानीय शिक्षक बासुदेब न्यौपाने व्यवसायी ज्ञानु सुब्बा, कृष्ण कुईंकेल र कृष्ण न्यौपाने यि चार बुद्धिजिविले निशुल्क रुपमा सो बाल क्लबको सहजिकरण गर्दै आएका छन् । रोजगारी तथा अवसर पाइएन भनेर सधै सरकारलाई दोस्नु भन्दा पनि आफ्नो सानो प्रयासले आफ्नो ठाउँको विकास गर्न सकिन्छ भन्ने उदाहारण बन्न सकेको स्थानीय कोकिला कुईंकेल बताउँछिन् । क्षमता र सम्भावना हुँदा पनि अवसरको अभावले पछि परिने भन्दै स्थानिय स्तरबाट भएको यो पहलमा स्थानिय खुसि छन् । स्थानीयले सो कार्यको खुलेरै प्रशंसा गर्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)