Aamsanchar

माया मारिसकेको मान्छे ठिक भएपछि परिवारको नजरमा मुस्कान

Author Image
बुधवार, वैशाख ५, २०७५

बीएण्डसीका बरिष्ठ न्यूरो सर्जन डा. नेपाल भगवान झैं प्रकट भए

(नरेन्द्र ढकाल)
बिर्तामोड ।


झापाको हल्दीबारी गाँउपालिका–४ का ८० वर्षीय रत्नप्रसाद आर्चाय अचानक गम्भिर बिरामी परे । समान्य रुपमा टाँउको दुखेपनि गत फागुन २५ गते भने उनी सिकस्ति भएपछि झापाको बीएण्डसी टिचिङ्ग हस्पिटल ल्याइयो । वृद्ध उमेरका आर्चायको मस्तिष्कमा रगतको फोकुण्डा भएर फुटीसकेको रहेछ ।

उनलाई (aneurysm surgery) गर्नुपर्ने अवस्था भएपछि वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेमा आर्चायलाई बचाउन सकने आश्वासन दिएपछि उनको अप्रेसन सुरु गरियो । मस्तिष्कमा रगत छताछुल्ल भएको अवस्थामा त्यसलाई सफा गरेर रगतको नशा जाम भएर फुटेको स्थानमा उपकरणको माध्यमबाट क्लिपहरु लगाएर ल्यसलाई बन्द गरेपछि आर्चायको स्वास्थ्यमा क्रमिक सुधार आउन थाल्यो ।

वृद्ध शरीर एक प्रकारले परिवारले आशा नै मारिसकेका थिए । तर आर्चाय परिवारका लागी भगवान झैं प्रकट भए डा.नेपाल । उनले आफ्नै जिम्मामा अप्रेसन गरेको बताए । यो निै जटिल सक्रिया भएको र राजधानी बाहिरकै सबैभन्दा ठूलो अप्रेसन आफ्नो नेतृत्वको टिमले गर्न सफल भएको जानकारी दिए । हाल आर्चाय पूर्ण रुपमा निको भइसकेका छन् ।

त्यस्तै हल्दीबारी कै राजेन्द्र मण्डलमा पनि उस्तै समस्या देखा प¥र्यो । ६८ वर्षीय मण्डलको पनि मस्तिष्कमा रगतको फोका फुटेर गम्भिर बिरामी परेका थिए । उनलाई पनि वरिष्ठ न्यूरो सर्जन डा.नेपालको टीमले बचाउन सफल भएको छ । मानिसको सबैभन्दा संवेदनशिल अंक टाँउकोमा हुने यस्तो समस्या निकै गम्भिर हुने डा.नेपालले बताए । चैत १६ गते बीएण्डसी टिचिङ्ग हस्पिटलमा भर्ना भएका मण्डल पुर्णरुपमा निको भएर घर फर्कि सकेको अस्पतालले जनाएको छ ।

हल्दीबारीका आर्चाय र मण्डल मात्र होइन तेह्रथुमका ब्रमलाल परियारमा पनि सोही समस्या देखा प¥र्यो । ७४ वर्षीय परियार चैत २२ गते बीएण्डसी हस्पिटलमा भर्ना भए । उनको सफल शल्यक्रिया भएको र उनी पुर्ण रुपमा ठिक भइसकेको बताइएको छ । मानिसमा हुने यस्तो रोगको बेलैमा उपचार नगरे ज्यनै जान सक्ने डाक्टर नेपालको भनाई छ । उनले भने– मस्तिष्कमा रगत फुटेर एक तिहाई बिरामी अस्पताल आइ नपुग्दै ज्यान जान्छ । एक तिहाईको उपचारको क्रममा मृत्यु हुन्छ भने मेजर अप्रेशन गरेर एक तिहाई यस्ता बिरामीलाई बचाउन सकिन्छ ।

काडमाण्डौंको बाँसबारीमा आठ वर्षसम्म सेवा प्रदान गरेका वरिष्ठ न्यूरो सर्जन डाक्टर नेपालले न्यूरो सर्जन डाक्टरहरुको अन्र्तराष्ट्रिय सम्मेलनमा आफुले गरेका यस्ता जटिल शल्यक्रियाहरु पेश गर्ने जानकारी दिए । राजधानी बाहिरकै सुविधा सम्पन्न हस्पिटलको रुपमा बीएण्डसी टिचिङ्ग हस्पिटल रहेको भन्दै डाक्टर नेपालले न्यूरो सम्बन्धि जटिक केसहरु पनि सफलरुपमा सम्पन्न गरेको बताए । उनले आफ्नो लागी न्यूरो सर्जरी नपढेको भन्दै बिरामीको उपचार गर्नका लागी आफुले अध्ययन गरेको र सम्पूर्ण ध्यान केन्द्रित गरेर सकेसम्म बिरामीलाई निको पार्ने हिसाबले आफुले उपचार गर्ने प्रतिबद्धता जनाए ।

दुई महिना अघि मात्रै झापाको बीएण्डसी टिचिङ्ग हस्पिटल आएका नेपालले आफुलाई यतिको दक्ष बनाउन डाक्टर उपेन्द्र देवकोटाको ठूलो भूमीका रहेको भन्दै उनको सम्मान गरेका छन् । डाक्टर नेपालले प्रदेश नम्बर–१ र २ का बिरामीले अब न्यूरो सम्बन्धि कुनै पनि रोगको उपचारका लागी अन्यत्र धाउनु नपर्ने भन्दै बीएण्डसी हस्पिटलमा आउन सुझाव समेत दिएका छन् ।

मस्तिष्क घात चुरोट, मादकपर्दाथ सेवन गरेमा लाग्ने तथा वंशाणु गत रुपमा पनि यो रोग लाग्ने डाक्टर नेपालको भनाई छ । यो रोग ५० वर्ष माथिका मानिसलाई बढी लाग्ने भएकाले खानपान र जीवन शैलीमा ध्यान दिन सुझाव समेत दिएका छन् । डाक्टर नेपालले दुई महिनाको अवधिमा एक दर्जनबढी शल्यक्रियाहरु सफल रुपमा गरिसकेको जानकारी दिएका छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकका कारण झापाको बीएण्डसी टिचिङ्ग हस्पिटलले बिरामीको मन जित्दै गएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । पछिल्लो समय जटिल प्रकारका शल्यक्रिया सफल रुपमा गरेर हस्पिटलले आफ्नो दक्षता प्रस्तुत गरिसकेको गिरीको भनाई छ । हाल हस्पिटलमा दैनिक ५देखि ७ सय बिरामीहरु उपचारका लागी आउने गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर