Aamsanchar

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

Author Image
बिहिवार, वैशाख ६, २०७५

चितवन, 

गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिनुहुँदै उहाँले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।”

जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उहाँले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताउनुभयो । अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको भन्दै उहाँले भन्नुभयो, “जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।”

लागूऔषध दुव्र्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि उहाँले निर्देशन दिनुभयो । मन्त्री थापाले भन्नुभयो “लागूऔषधले घरघरमा विकृति बढाएको छ, यो अपराध नियन्त्रणमा विशेष कार्ययोजना बनाउन जरुरी छ ।”

प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । प्रहरीको समयमा बढुवा नहुँदा आत्मबल उच्च राख्न नसकिएको स्वीकार गर्दै उहाँले यसलाई नीतिगत रुपमा परिवर्तन गर्ने आश्वासन पनि दिनुभयो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पर्याप्त मात्रामा जनशक्ति नहुँदा शान्ति सुरक्षा कायम गर्न कठिनाइ भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)