Aamsanchar

आँखा अस्पतालको उद्घाटन

Author Image
बिहिवार, वैशाख ६, २०७५

भोजपुर, 

जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ ।

कार्यक्रममा जापानी राजदूत ओगावाले जापान सरकारले नेपालको सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउँदै नवनिर्मित आँखा अस्पतालबाट स्थानीय बासिन्दाले सुविधा लिन सक्ने विचार राख्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)