Aamsanchar

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

Author Image
बिहिवार, वैशाख ६, २०७५

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो ।

हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ । शिवपुरीको काखमा अवस्थित बृहत् शान्तिधाममा बदरीनारायणको प्राण प्रतिष्ठा गरी मन्दिर तथा गोपुर तयार गरिएको हो । विसं २०७३ असार ३ गते मन्दिरको शिलान्यास भएको थियो ।

सत्यम्, शिवम्, सुन्दरम् भगवान् शिवका आदर्श वाणीअनुसार कलात्मक शैलीमा मन्दिर तयार पारिएको छ । बदरीनारायणको प्राण प्रतिष्ठासँगै बदरीनाथको दर्शन गर्न अन्यत्र जानुपर्ने अवस्थाको अब अन्त्य भएको बताइएको छ ।

सो अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बृहत् शान्तिधामलाई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो । उहाँले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियतालाई बलियो बनाउने चर्चा गर्दै आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई जोड दिनुपर्ने विचार प्रकट गर्नुभयो ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले बृहत् शान्तिधाममा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग पु¥याउने जानकारी दिनुभयो ।
बृहत् शान्तिधामका संस्थापक चतुर्भुचार्य चुडामणिले सनातन धर्मको रक्षा गर्न आह्वान गर्नुभयो । सो अवसरमा भक्ति सङ्गीतसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर