Aamsanchar

युवा संघको विकास, शुसासन र समृद्धिको अन्तरक्रिया

Author Image
शुक्रवार, वैशाख ७, २०७५

मेचीनगर ,

प्रतिनिधि सभाका सांसद राम कार्कीले भौतिक पूर्वाधार विकासको एउटा पाटो मात्र भएको बताएका छन् । युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको विकास, शुसासन र समृद्धि विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद कार्कीले शैक्षिक, स्वास्थ्य, सञ्चारलगायत सम्पूर्ण क्षेत्रको विकास हुनु पर्ने बताएका हुन् ।

सांसद कार्कीले मानिसको सर्वाङगिड उन्नतीका लागि स्वतन्त्रता आवश्यक रहेको बताउँदै विकास भनेको स्वतन्त्रताको प्रक्रिया भएको बताए ।

अर्का बक्ता प्रदेश सभाका सांसद गोपाल बढाथोकीले विकास चेनतासँग जोडिएको विषय भएको बताएका छन् । उनले भौतिक विकासका पूर्वाधारहरु निर्माण हुनु पर्ने र त्यसलाई जनताले प्रयोग तथा सहज महसुस गर्नु पर्ने बताए ।

मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीले ५ वर्ष भित्रमा मेचीनगरका सबै नगरबासीलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने तयारी भएको बताइन् । उनले त्यसका लागि विभिन्न क्षलफल र अन्तक्रिया गरिरहेको बताउँदै शुद्ध खानेपानीको व्यवस्थापन गर्नु मुख्य चुनौती समेत रहेको उल्लेख गरिन् ।

कार्यक्रममा प्रदेश सांसद श्रीप्रासद मैनाली पनि आउने तयारी गरिए पनि अन्तिम समयमा यातायात क्षेत्रको समस्या समाधानका लागि अचानक काठमाडौँ जानु पर्ने भएकोले उपस्थििति हुन सकेनन् ।

उक्त छलफलको क्रममा जनताका गुनासाहरु भिडियोद्धारा देखाइएको थियो । कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, गठन्धनका विभिन्न तहका नेता, युवा संघका नेता कार्यकर्ता तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको बाक्लो सहभागिता रहेको थियो ।

युवा संघ मेचीनगरका अध्यक्ष सरोज मेहराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सौरभ मैनालीले गरेका थिए ।

तीन वटै तहको निर्वाचन भएयता पहिलो पटक यस प्रकृतिको कार्यक्रमको आयोजना युवा संघ मेचीनगरले गरेका हो । जनतासँग प्रत्यक्ष रुपमा सांसद तथा उपप्रमुखसँग प्रत्यक्ष कुराकान गर्न यस किसिमको कार्यक्रम तय गरिएको अध्यक्ष मेहराले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर