Aamsanchar

छतबाट खसेर महिलाको मृत्यु

Author Image
शुक्रवार, वैशाख ७, २०७५

दमक,

घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ ।

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)