Aamsanchar

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

Author Image
शुक्रवार, वैशाख ७, २०७५

विराटनगर, 

विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ ।

को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)