Aamsanchar

बाल श्रमिकको उद्धार

Author Image
शुक्रवार, वैशाख ७, २०७५

काठमाडौँ, 

सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ ।

श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन (बस, मिनीबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायत) को अनुगमन गरी आज लगनखेल बसपार्कबाट छजना बालकको उद्धार गरिएको हो ।

श्रम कार्यालय वाग्मतीका प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको अभियानमा आज १५५ वटा सवारी साधनको अनुगमन गरी सचेतनामूलक स्टिकरसमेत टाँसिएको छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार सार्वजनिक यातायातका साधनमा बालबालिकालाई श्रममा लगाउन पाइँदैन ।

सवारी साधनबाट सहचालकका रुपमा कार्यरत १६ वर्षमूनिका छजना बालकलाई उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापनका लागि सामाजिक संस्थामा पठाइएको हो । अभियानलाई निरन्तरता दिइने बाल कल्याण समितिले जनाएको छ । अभियान वैशाख ५ गतेदेखि शुरु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर