Aamsanchar

असारसम्म आवास निर्माण हुने

Author Image
शुक्रवार, वैशाख ७, २०७५

काठमाडौँ,

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताउनुभएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले आज ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको तस्वीर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधाभन्दा बढी काम सकिएको गर्दै भन्नुभयो, “भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनःनिर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ, हामीले प्राधिकरण स्थापनाको आधा अवधि सकिँदा निजी एक लाख १७ हजार आवास बनिसकेको छ ।” उहाँले चार लाख ३० बढी घर बन्दै गरेकाले अगामी वर्षमा सबै निजी आवास निर्माण गरिसक्ने जानकारी दिनुभयो ।

प्राधिकरणले तीन हजार सात सय विद्यालय बनिसकेको, एक हजार सय बनिरहेको, बाँकी अर्को वर्ष शुरु हुने, प्रिफ्याबसहित आधाभन्दा बढी अस्पताल र स्वास्थ्य संस्था बनिसकेको जनाएको छ । कार्यकारी निर्देशक भुसालले यसै वर्ष धरहरा शिलान्यास हुने, रानीपोखरी र बालगोपालेश्वर मन्दिर यसै वर्ष निर्माण भइसक्ने, तथा काष्ठमण्डपको निर्माण आगामी वर्ष शुरु हुने जानकारी दिनुभयो ।

विदेशी सहयोगसहित रु एक खर्ब ४५ अर्ब खर्च भएकामा आधा खर्च नेपाल सरकारले व्यहोरेको बताइएको छ । जाइकाले २०७२ सालको भूकम्पपछि नेपालका विभिन्न जिल्लामा पुनःनिर्माणका कार्यको प्रगति समेटिएका २६ तस्वीर प्रदर्शनीमा राखेको छ ।

जाइकाका नेपाल प्रतिनिधि जुन्को साकुमाले ग्रामीण आवास, विद्यालय, अस्पताल, सांस्कृतिक सम्पदा, साना सार्वजनिक सुविधाको पुनःबहाली तथा भूकम्प प्रभावितको जीविकोपार्जनलगायत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिनुभयो । प्रदर्शनी आगामी सोमबारसम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर