Aamsanchar

एपिएफ क्वार्टर फाइनलमा प्रवेश

Author Image
शुक्रवार, वैशाख ७, २०७५

इलाम,

इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेका छ ।

एपिएफले आज पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गरेको हो । एपिएफले शुरुआतमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लियो । खेल शुरु भएको १०औँ मिनेटमा नै एपिएफका स्ट्राइकर युवराज खड्काले गोल गर्दै खाता खोले ।

बंगलादेशका रक्षा पन्तीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै खड्काले गोल गरे । पैँतीसौँ मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका रूपबहादुर लामाले विपक्षी दुई डिफेन्डरलाई छक्याएर गरेको प्रहार बंगलादेशका गोलरक्षक राजीवले बचाउ गर्ने मौका नै पाएनन् ।

पहिलो हाफमा २–० ले पछि परेको बंगलादेशले दोस्रो हाफमा पनि खेल सुधार गर्न सकेन । खेलको ४८औँ मिनेटमा एपिएफले पुनः गोल गरी ३–० को अग्रता कायम ग¥यो । बंगलादेशका तर्फबाट खेलको ७८औँ मिनेटमा अलामजीले सान्त्वना गोल फर्काए । बंगलादेशलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो ।

बंगलादेशले केही राम्रा अवसर गोलमा परिणत गर्न सकेन । खेलमा एपिएफका रूपबहादुर ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार र चाँदीको पदक प्राप्त गरे । प्रतियोगिताका विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)