Aamsanchar

ह्विलचेयर वितरण

Author Image
आइतवार, वैशाख ९, २०७५

इटहरी, 

नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई युनाइटेड मिशन टू नेपालले अपांगता भएका मानिसलाई वितरणका लागि २० थान ह्विलचेयर शनिबार प्रदान गरेको छ ।

विशेषगरी जिल्लाभरि अपांगता भएका मानिसलाई ह्विलचेयर वितरण गर्ने कार्यक्रमअन्तर्गत यो ह्विलचेयर वितरणका लागि नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई प्रदान गरिएको युनाइटेड मिशन टू नेपालका पुनस्र्थापना संयोजक दामोदर पण्डितले बताउनुभयो ।

युनाइटेड मिशन टू नेपालले यसअघि नेपालको मुगु, बझाङ, डोटी, रुकम, धादिङ, सुनसरी र रुपन्देही जिल्लाका अपांगता भएका व्यक्तिलाई हिँड्डुलका लागि सहयोग पु¥याउने उद्देश्यले १६० वटा ह्विलचेयर प्रदान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

युएमएनको सहयोगमा चाँडै नै सुनसरी जिल्लाका दक्षिणी हरिनगरा गाउँपालिका क्षेत्रका २० जना अपांगता भएका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले बीस वटा ह्विलचेयर वितरण गर्ने तयारी भइरहेको नेपाल चेलीबेटी अपांग महिला समजकी अध्यक्ष दिलकुमारी तामाङले जानकारी दिनुभयो ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष एवम् समाजसेवी सरला कायस्थले मानिसको चिन्तन स्वस्थ हुन जरुरी छ भन्नुहुँदै शरीर अपांगता भयो भनेर कसैले पनि आफूलाई हेलाभावले हेर्न नहुने विचार राख्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)