Aamsanchar

बिलिन हुनेछ शरीर एकदिन माटो भएर

Author Image
आइतवार, वैशाख ९, २०७५

सुरेन्द्र दहाल

अक्सर सम्बन्धहरुमा फाटो भएर,
आँसु बगिरहन्छन गहमा टाटो भएर

आमाको माया कहाँ घटी बढी हुन्छ र ?
छोराछोरि बाठो या लाटो भएर

मान्छे हरु तड्पिरहन्छन यहि गोलचक्करमा
जिन्दगिको हिसाब नाफा या घाटो भएर

उसले त्यसैलाइ टिप्छ जसको पालो आकोछ
को गाको छ र मृतकको साटो भएर

किन उम्लिरहेछौ ए खरानी हरु हो
बिलिन हुनेछ शरीर एकदिन माटो भएर

शंखरापुर -१,
काठमाडौ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर