Aamsanchar

नेविसंघ सभापतिको ध्यानाकर्षण

Author Image
सोमवार, वैशाख १०, २०७५

काठमाडौँ, 

नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधान विपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले १२औँ महाधिवेशन आउन चार महिना बाँकी रहँदा पनि नेतृत्व विधानलाई कुल्चेर महाधिवेशन गर्न आलटाल गरेकाले सभापतिको ध्यानाकर्षण गरिएको बताउनुभयो । नेविसंघ नेतृत्वले विद्यार्थी हकका लागिभन्दा पनि गुट बचाउन लागेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।

केन्द्रीय सदस्य सुशील भट्टले कम्युनिष्टहरुको भय र त्रासका विरुद्ध संगठित हुँदै लोकतन्त्रको रक्षाका लागि नेविसंघ लाग्नुपर्नेमा नलागेको अरोप लगाउनुभयो ।

भेटमा सभापति देउवाले नेविसंघभित्रको समस्याका बारेमा आफू जानकार रहको बताउँदै नेविसंघको नेतृत्वसँग समन्वय गरेर विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर