Aamsanchar

​ढाकाबाट काठमाडौंका लागि दुइटा बस छुटे

Author Image
सोमवार, वैशाख १०, २०७५

काठमाडौं,

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई बस छुटेका छन् ।परीक्षणस्वरुप दुई बस काठमाडौंका लागि छुटेको हो ।

जुन १५, २०१५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भएको थियाे । बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा  तीन देशका ८० जना डेलिगेटहरु दुई वटा बसमा काठमाडौंका लासग हिँडेका छन् ।

सोमबार बिहान ढाकाबाट हिँडेका ती बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि छिट्टै नै एउटा सम्झौता गरेर व्यापारिक प्रयोजनका हिसाबले बस सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताएका छन् ।

ढाकाबाट ढाकामा रहेको भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली, त्यस्तै ढाकामा रहेको नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेका थिए ।

बंगलादेशको राजधानी ढाकाबाट छुटेका ती बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ । श्यामोली परिवहनका दुई बस काठमाडौंका लागि छुटेका हुन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ ।

अहिले लालमोनिरत–बुरीमारी–चंग्रबन्ध–सिलिगुडीको रुट प्रयोग गरिए पनि पछि नयाँ रुट प्रयोग गरिने बताइएको छ । फाेटाे -द डेली स्टारबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर