Aamsanchar

भारतीय प्रधानमन्त्री माेदी वैशाख २८ गते नेपाल आउने पक्का

Author Image
सोमवार, वैशाख १०, २०७५

काठमाडौं, 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो वैशाख २८ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतले प्रस्ताव गरेकै मितिलाई अनुमोदन गरेपछि मोदी वैशाख २८ गते आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल आउने पक्का भएको हो । आउँदो शुक्रबार चीन भ्रमणमा जान लागेका मोदी त्यसको एक हप्तापछि नेपाल आउने तय भएको हो ।

मोदी जनकपुरसमेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ । यसअघि अस्ति शनिबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले मोदीको भ्रमणको तारतम्य मिलाउन नेपालका दुई जना सरकारी अधिकारी र एक नेता तथा भारतका एक जना सरकारी अधिकारी खटिएको दावीसहितको खबर छापेको थियो ।

संविधान जारी भए लगत्तै गरेको नाकाबन्दीका कारण बिग्रिएको सम्बन्ध सुधारका लागि भारतले पहल गरिरहेका छ । त्यही पहलका लागि मोदी नेपाल आउन लाग्नु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर