Aamsanchar

बृहत छन्द कविता गोष्ठी हुने

Author Image
सोमवार, वैशाख १०, २०७५

विर्तामोड,

यही बैशाख २२ गते विर्तामोडमा बृहत छन्द कविता गोष्ठी हुने भएको छ ।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा वर्षेनी आयोजना हुँदै आएको छन्द कविता गोष्ठीलाई यो वर्ष बैशाख २२ गते आयोजना गरिने निर्णय भएको कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईले जानकारी दिनुभयो ।

कोषको विर्तामोडस्थित आफ्नै सभाहलमा कोषका अध्यक्ष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्य समिति बैठकले गोष्ठी आयोजनाको मिति निर्धारण गरेको हो । नेपाली मौलिक लोकलयको संरक्षण गर्ने उद्देश्यले तीनवर्ष यता सञ्चालन हुँदै आएको गोष्ठीले यो वर्ष पनि निरन्तरता पाएको हो ।

छन्दलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यले आगामी वर्षदेखि स्कूल तथा क्याम्पसका विद्यार्थीहरुलाई पनि गोष्ठीमा सहभागी गराउन पहल गर्ने निर्णय भएको उपाध्यक्ष विष्णुकुमार भट्टराईले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर