Aamsanchar

बिर्तामोड ५मा यसरी हुँदैछ विकासको काम

Author Image
मङ्गलवार, वैशाख ११, २०७५

बिर्तामोड।

बिर्तामोड–५मा विकास निर्माण तर्फका योजनाहरु आर्थिक वर्ष २०७४÷०७५मा लगभग ७५ प्रतिशत सम्पन्न भएका छन् ।  स्थानीय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि बिर्तामोड–५मा छोटो समयमै विकास निर्माणतर्फ लगभग ७५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । जसमा वडाले बिनियोजन गर्ने गरी नगरपालिकाबाट प्राप्त एकमुष्ठ रकम एक करोड रुपैयाँ र सडक वोर्डबाट प्राप्त २४ लाख रुपैयाँ, नगरपालिकाबाट थप दश लाख, नगरपालिकाबाट अवन्डा शीर्षकबाट पाँच लाख, नगर गौरवका योजनातर्फ नगरपालिकाका ३ वटा वडाहरु ३, ४ र ५को सीमानामा पर्ने पुरानो भद्रपुर रोडका लागि एक करोड नगरपालिकाबाटै योजना सञ्चालनार्थ बिनियोजन भएको छ । त्यसैगरी नगरपालिकाबाटै सञ्चालन हुने योजनाहरुका लागि शनिश्चरे रोडबाट सगरमाथा चोक हँुदै बसपार्क जोड्ने बाटोको स्तरोन्नतिका लागि वाटोको दुवैपट्टि नाला, २ वटा कल्भर्टसहितको कामका लागि २० लाख विनियोजन भएको थियो ।
त्यसैगरी नगरपालिकाकै स्वामित्वमा रहेको बजेटवाट बुद्ध टोल, बालाजी रोडमा नालासहित स्तरोन्नतिका लागि वडाबाट आठ लाख र नगरपालिकाबाट पाँच लाख गरी कूल १३ लाखको लगानीमा काम धमाधम भइरहेको छ । त्यसैगरी कृष्णहल जाने बाटो ढल निर्माणसहित कालो–पत्रे गर्नका लागि नगरपालिकाको स्वामित्वकै बजेट ५० लाख, स्थानीय उपभोक्ताको लागत सहभागिता रकम ३० लाख गरी कूल ८० लाख लगानीमा निर्माण कार्य भइरहेको छ । त्यसैगरी देवी क्याम्पस दक्षिणबाट हिकोला रोड जोड्ने बाटो ढल निर्माणसहित पक्की गर्नका लागि नगरपालिकाको स्वामित्वको बजेट २५ लाख, स्थानीय उपभोक्ताको लागत सहभागितातर्फ दश लाख गरी कूल रकम ३५ लाखको लागतमा कार्य भइरहेको छ ।
न्यूट्न्स वोर्डिङ दक्षिण सुनाखरी हँुदै नगरजोड्ने बाटो नाला निर्माणसहित कलोपत्रे गर्नका लागि नगरपालिकाको स्वामित्वमा रहेको बजेटवाट २५ लाख, स्थानीय उपभोक्ताको लागत सहभागिता दश लाख गरी ३५ लाख को लागतमा काम भइरहेको छ । महेन्द्र राजमार्गबाट वसपार्क जोड्ने बाटो कालोपत्रे गर्नका लागि नगरपालिका र सडक वोर्डको सहयोगबाट ३४ लाख ८३ हजार रुपैयाँमा कार्य प्रारम्भ भएको छ । विर्तामोड नगरपालिका वडा नं. १, ४ र ५ को सीमानामा पर्ने अन्धुवा खोला सफाई साथै खोलाको धार खुल्ला गर्नका लागि नगरपालिकाको विपत व्यवस्थापनतर्फको वजेट चार लाख खर्च गरी सफाइ गर्ने काम धमाधम भइरहेको छ ।
त्यसैगरी नगरपालिकावाट वडालाई प्राप्त रकम एक करोडबाट ७ वटा कल्भर्ट तथा बाटोको स्तरोन्नतीका लागि ढल निर्माण, सीसी क्यामेरा जडान, इलाका प्रहरी चौकीमा कन्ट्रोल रुम राखेर फाइवर विस्तार, लक्षित वर्गका कार्यक्रम, खुल्ला दिसामुक्त अभियानका लागि चर्पी निर्माण, शिक्षा, स्वास्थ्य, विपन्न परिवारलाई स्वास्थ्य बीमा लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । जस अन्तर्गत बुद्धनगर सहकारी जाने वाटो ढल निर्माण तथा स्तरोन्नतिका लागि वडाबाट पाँच लाख, स्थानीय उपभोक्ताको एक लाख ५० हजार गरी कूल छ लाख ५० हजार रकममा कार्य प्रारम्भ भएको छ । देवी क्याम्पस दक्षिणबाट पूर्व धर्मकाँटा जोड्ने वाटो ढल निर्माण तथा स्तरोन्नतिका लागि वडाबाट पाँच लाख, स्थानीय उपभोक्ताको लागत सहभागितातर्फ एक लाख ५० हजार गरी कूल छ लाख ५० हजार रकममा कार्य प्रारम्भ भएको छ ।
न्यूट्न्स वोर्डिङ पूर्वको वाटोमा ढल निर्माणका तथा स्तरोन्नतिका लागि वडाबाट पाँच लाख, स्थानीय उपभोक्ताको लागत सहभागिता एक लाख ५० हजार गरी छ लाख ५० हजार रकममा कार्य प्रारम्भ भएको छ । पूर्व धर्मकाँटा रोडको पूर्वपट्टि सत्कार मार्ग ढल निर्माणका तथा स्तरोन्नतिका लागि वडावाट पाँच लाख, स्थानीय उपभोक्ताको लागत सहभागितातर्फ एक लाख ५० हजार गरी कूल छ लाख ५० हजार रकममा कार्य प्रारम्भ भएको छ । बोलबम मण्डीवाट कोहेड कलेज जाने बाटो ढल निर्माणका तथा स्तरोन्नतिका लागि वडाबाट पाँच लाख स्थानीय उपभोक्ताको लागत सहभागितातर्फ एक लाख ५० हजार गरी कूल छ लाख ५० हजार रकममा कार्य प्रारम्भ भएको छ । हिकोला रोडवाट कञ्चनजंघा टोल रोड नं. ३वाट कनकाई रोड जोड्ने वाटो ढल निर्माण तथा स्तरोन्नतिका लागि वडाबाट पाँच लाख, स्थानीय उपभोक्ताको लागत सहभागितातर्फ रु. एक लाख ५० हजार गरी कूल छ लाख ५० हजार रकममा कार्य प्रारम्भ भएको छ ।
त्यसैगरी कल्भर्ट निर्माणतर्फ एकान्त टोल कल्भर्ट निर्माणका लागि वडाबाट चार लाख स्थानीय जनसहभागितातर्फ एक लाख २० हजार गरी पाँच लाख २० हजारमा कर्य सम्पन्न भएको छ । फूलवारी मार्ग कल्भर्ट निर्माणका लागि वडाबाट चार लाख, स्थानीय जनसहभागिता एक लाख २० हजार गरी कूल पाँच लाख २० हजारमा कर्य सम्पन्न भएको छ । धिमाल चोक पूर्व कल्भर्ट निर्माणका लागि वडाबाट चार लाख, स्थानीय जनसहभागितातर्फ एक लाख २० हजार गरी पाँच लाख २० हजारमा कार्य सम्पन्न भएको छ । आदर्श ब्याङ्क्वेट पूर्व कल्भर्ट निर्माणका लागि वडावाट चार लाख, स्थानीय जनसहभागितातर्फ एक लाख २० हजार गरी कूल पाँच लाख २० हजारमा कर्य सम्पन्न भएको छ । चौधरी कटेज पूर्व कल्भर्ट निर्माणका लागि वडाबाट चार लाख, स्थानीय जन सहभागितातर्फ एक लाख २० हजार गरी कूल पाँच लाख २० हजारमा कार्य सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ४ र ५ को सीमानामा पर्ने भुसुने खाडी कल्भर्ट निर्माणका लागि वडा नं. ४को पाँच लाख वडा नं. ५को पाँच लाख र नगरपालिकाबाट आठ लाख गरी कूल १८ लाखको लागतमा निर्माण कार्य धमाधम भइरहेको छ ।
वडाको वजेट अन्तर्गत नै रहेर ५ नं. वडाभित्र खुल्ला दिसामुक्त अभियानका लागि स्थानीयको लागत सहभागिता वढाइ वडाको एक लाखको लागतमा २५ वटा चर्पी निर्माण भएका छन् । त्यसैगरी गरिवीको रेखामुनि रहेका परिवारको छनौट गरी ६० परिवारका लागि स्वास्थ्य बीमा निःशुल्क गरी एक लाख ५० हजार रकम खर्च भएको छ । लक्षित समुदायका लागि भनेर छुट्याइएको रकम पाँच लाखबाट गमला खेती, बाल विकास, खेलकुद लगायतमा खर्च भएको छ । वडाको शिक्षा क्षेत्रमा छुट्याइएको पाँच लाख रकम देवी माध्यमिक विद्यालयको भवन निर्माणका लागि सहयोग गरेको छ भने वडामा रहेका वाटाहरुको खाल्डाखुल्डी पुर्न र हाइवे सफाइका लागि भनेर १३ लाख रकम छुट्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर