Aamsanchar

ससुरालीबाट घर फर्कदा श्रेष्ठ दम्पत्तीको ज्यान गयो

Author Image
बुधवार, वैशाख १२, २०७५

झापा ।

पूर्व – पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापूर सडक खण्डमा मंगलबार अपरान्ह भएको सवारी दुर्घटनामा एक दम्पत्ती मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुट्टाको देव्रेवास – ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ छ ८०१८ नम्वरको ट्रिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कदै गरेको बताइएको छ । मृतक दम्पत्ती झापाको पृथ्वीनगरबाट को १६ प ४२०८ नम्वरको स्कुटरमा घर फर्कदै गर्दा ट्रिपरलाई ओभरट्याक गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा सम्लग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर